Comments Add Comment

रुपन्देहीमा विद्युत चोरी गर्ने २२ जना पक्राउ

bidhyuyt-chori

५ कात्तिक, भैरहवा । रुपन्देहीका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने २२ जना पक्राउ परेका छन् । भैरहवा विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी (हुकिङ) गर्ने २२ जनालाई पक्राउ गरेको हो ।

दुई दिनको अवधीमा २२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रुपन्देही जिल्लाका बेतकुइया गाविसका गुलाब कोहार, पुर्णवासी यादव, राजेश लोध, चिनक चौहान, बुद्धु लोध छन् । त्यस्तै रोनिहवा ५ का रामकेश तेली, शहिद धुनिया, मुस्तकीन धुनिया रहेका छन् । यस्तै लुम्बिनी संस्कृतिक नपा २ भर्तापुरका रामविलाश मल्लाह, सोमनाथ मल्लाह, रामसेवक मल्लाह, रामजतन मल्लाह र अकलेश मल्लाह रहेको भैरहवा विद्युत प्राधिकरणले जनाएको छ ।

त्यस्तै जिल्लाको सेमरा गाविस ६ का सुरेन्द्र यादव, राजेश यादव, ४ का सुरज ठाकुर, अजित कुमार ठाकुर रहेका छन्, सेमरा ३ का वहिदुल्लाह खाँ, इम्दादुल्लाह खाँ, विश्वनाथ ठाकुर, ८ की मुन्नी साहनी र रायपुर ४ क राकेश चौधरी पनि बिद्युत चोरीको आरोपमा पक्राउ परेका छन् ।

विद्युत चोरी गर्ने पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग गरेको विद्युतिय उपकरण एक वर्षसम्म प्रयोग गर्दा खपत हुने विद्युत युनिटको आधारमा क्षतिपूर्ति कारवाही गरिएको भैरहवा विद्युत प्राधिकरण प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

उनले पक्राउ परेका व्यक्तिहरुलाई पहिलो र अन्तिम पटकको लागि चेतवानी दिँदै छाडिएको र अब पुन विद्युत चोरी गरेमा कडा कारवाही हुने बताए ।

‘पक्राउ परेका व्यक्तिहरुलाई क्षतिपूर्ति कारवाही गरेर पहिलो पटकको लागि छाडेका छौँ’ प्रमुख ठाकुरले अनलाइनखबरसँग भने, ‘यदि पुनः विद्युत चोरी गरेको पाइएमा त्यो क्षमा हुने छैन र कडा कारवाही गरिनेछ ।’

chori-saman
चाेरहरूबाट बरामत सामाग्री

दुई दिनमा ५ लाख राजश्व

विद्युत चुहावट गर्ने विरुद्ध निकै आक्रमक शैलीमा उत्रिएको भैरहवा विद्युत प्राधिकरणले विद्युत चोरी गर्नेहरुमाथि कारवाही गरेर दुई दिनमै ५ लाख १६ हजार रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ ।

विद्युत चोरी गरी प्रयोग गरिने विद्युत उपकरणहरु समेत विद्युत प्राधिकरणले नियन्त्रण लिएको छ ।

विद्युतीय मिटर जडान नगरी विद्युतको प्रयोग गर्नु गैरकानुनी भएको बताउँदै उनले विद्युत चोरी नगर्न र मिटर जडान गर्न सबैलाई आग्रह गरे ।

भैरहवा विद्युत प्राधिकरणमा ठाकुर प्रमुख भएर आएपछि विद्युत प्राधिकरणको राजश्व संकलनमा व्यापक सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment