Comments Add Comment

लोकमानतन्त्र मान्दैनौं भन्दै विद्यार्थीहरु सडकमा, हेर्नुस् ७ तस्वीर

students-against-lokman-7

५ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन माग गर्दै विद्यार्थी संगठनहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।

‘खबरदारी सभा’ भनिएको सो प्रदर्शनमा कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दल निकटका विद्यार्थी संगठनका नेता-कार्यकर्ताहरु थिए ।

students-against-lokman-1

शुक्रबार अपरान्ह शान्तिबाटीकामा भेला भएका विद्यार्थीहरुले ‘महाअभियोग पारित गर’, ‘विधिको शासनको पालना गर,’ ‘हामी केही जान्दैनौं, लोकमानतन्त्र मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।

शुक्रबार बागबजारस्थित एक होटलमा बसेको १३ विद्यार्थी संगठनको बैठकले महाअभियोग प्रस्तावमा खुट्टा नकमाउन आग्रहसहित दलहरुलाई खबरदारी गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार शनिबार सबै दललाई महाअभियोग प्रस्ताव पारित गर्न आग्रहसहितको ज्ञापनपत्र संयुक्तरुपमा बुझाउने र आइतबार माइतीघर मण्डलामा भेला भएर संसद भवन अगाडि पुगेर प्रदर्शन गर्ने कार्यक्रमसमेत रहेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसदमा छलफल गर्ने तयारी छ ।

students-against-lokman-5

students-against-lokman-8

students-against-lokman-2

students-against-lokman-6

students-against-lokman-3

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment