Comments Add Comment

सावधान, चुरोटले शरीरमा गर्छ यी ८ असर

धूमपान स्वास्थ्यका लागि हानीकारक छ ।

धूमपान स्वास्थ्यका लागि हानीकारक छ ।

अमेरिकन लंग एसोसिएसनको एक अनुसन्धानले चुरोट सल्काउँदा यसबाट ७ हजार भन्दा धेरै रसायन निस्किने तथ्य प्रमाणित गरेको छ ।

ती मध्ये ६९ वटा रसायन निकै हानिकारक हुन्छन् र त्यसले मानिसको शरीरमा क्यान्सरको जोखिम बढाउँदछ । यी तत्वहरुले सरीरका विभिन्न भागमा विभिन्न खाले असर पूराउँछन् ।

विज्ञहरुका अनुसार चुरोटले सरीरमा पार्ने नकारात्मक प्रभाव यस्ता छन्ः

· चुरोट सेवले मस्तिष्कको कर्टेक्सको भाग पातलो बनाउँदछ । जसका कारण स्मरण शक्तिमा क्षयिकरण हुन्छ ।

·  चुरोटमा हुने रसायनका कारण मुख सुख्खा हुने, दाँतमा क्याभिटी बन्ने तथा दाँत कमजोर हुने समस्या समस्या निम्त्याउँदछ । साथै मुखको क्यान्सरको जोखिम पनि बढाउँदछ ।

·  नियमित रुपमा चुरोट पिउनाले फोक्सोमा ध्वाँसो जम्मा हुन्छ । यसले फोक्सोमा क्यान्सर हुने खतरा ९० प्रतिशतले बढ्दछ ।
·      नियमित रुपमा चुरोट पिउनाले रक्तचाप बढ्दछ । जसका कारण स्ट्रोक तथा हृदयाघातको खतरा बढ्दछ ।

·  चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् ।

·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ ।

· चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । जसका कारण मृगौला खराब हुने जोखिम ५१ प्रतिशत सम्मले बढ्दछ ।

· अनुसन्धान अनुसार चुरोटमा फेनानथरेन नामक रसायन पाइन्छ । जसले रगतमा मिलेर डिएनएमा क्षति पूराउँदछ । जसका कारण क्यान्सरको खतरा बढ्दछ ।

स्मरण रहोस् चुरोटमा आर्सेनिक, एमोनिया, बेन्जिन, निकोटिन, कार्बन मोनोअक्साइड तथा फर्माल्डिहाइड जस्ता हानिकारक रसायन पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment