Comments Add Comment

प्रधानमन्त्रीले जग हालेर शिलान्यास गरेको घर पनि बनेन !

Sindhupalchok One Year-After-a-Devastating-Earthquake   (3)६ कात्तिक, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जग हालेर शिलान्यास गरेको चौतारका सरबे तामाङको घर अझै निर्माण सम्पन्न भएको छैन ।

सरकारबाट आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर निर्माण सुरु गरेका सरबेको घर आर्थिक अभावका कारण निर्माण पूरा हुन ढिलो भएको हो । पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार दोस्रो किस्ता लिन योग्य भए पनि वितरण निर्देशिका तयार नहुँदा उनले थप रकम पाएका छैनन् ।

साहुसँग ऋण लिएर साढे १७ लाख रुपैयाँ खर्च गरिसकेका उनले एक तला घर सम्पन्न गर्न अझै पाँच लाख खर्च लाग्ने अनुमान गरेका छन् ।

सरबे मात्र होइएन जिल्लामा घर निर्माण सुरु गरेका अधिकांशले सम्पनन गर्न सकेका छैनन् । भूकम्पपीडित अधिकांशले अझै घर बनाउन सुरु गरेका छैनन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment