Comments Add Comment

युरोपतिर मानवतस्करीः नेपाली रसियामा बेपत्ता

Abroad६ कात्तिक, काठमाडौं । मानवतस्करमार्फत युरोप जन हिँडेका दुई नेपाली युवक रसियमा बेपत्ता भएका छन् ।

अन्य दुईमात्र गत मंगलबार नेपाल आइपुगेका छन् । बानेश्वरको रेकन एजुकेसन कन्सल्ट्यान्सी तथा कोटेश्वरस्थित हाइलिंक कन्सल्टेन्सीमार्फत उनीहरु रसियाँ हुँदै पोल्याण्ड तजा पोर्चुगल जन लागेका थिए ।

रेकन एजुकेसनकी सञ्चालिका सम्झना केसी  र हाइलिंक कन्सल्टेन्सीका आनन्द केसी ले मोटो रकम लिएर युरोप पठाउने भन्दै ठगी गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले दुवैजनालाई पक्राउ गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिव्यक्ति साढे १० लाख रुपैयाँ बुझाएर उनीहरु भिजिट भिसामा रसिया पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment