Comments Add Comment

कक्षा १० मा एसईसी र १२ मा एसएलसी !

slc 2072 (18)६ कात्तिक, काठमाडौं । कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेकेा छ ।

कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो ।

बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा ( सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात एसईसी सञ्चालन गर्ने निर्णय गरेको अाजको गोरखापत्रमा समाचार छ  । त्यस्तै कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट) अर्थात एसएलसी सञ्चालन गर्नेमा सहमति जुटेको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसएलसी १० र एसएलसी १२ गर्न प्रताव मन्त्रालयमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment