Comments Add Comment

ज्यूँदो मानिसलाई रक्सी खुवाएर चिहानमा पुर्ने अनौठो संस्कार

विश्वमा अनेक परम्परा छन् र ती मध्ये केही परम्परा डरलाग्दा तथा अनौठा छन् । त्यस्तै डरलाग्दो परम्परा मध्ये एउटा परम्परा क्युबामा प्रचलित छ, जहाँ मानिसलाई ज्यूँदै जमिनमा गाडिन्छ ।

tribeयो प्रथा क्यूबामा बुजी अर्थात् रक्सी पर्वको नामले प्रचलित छ । यो पर्वको दौरान ज्यूँदो मानिसलाई जमिनको चिहानमा पूरिन्छ । जस अनुसार मानिसलाई काठको बाकसमा बन्द गरिन्छ र सडकमा घुमाइन्छ । उसको पछि पछि हजारौँ मानिसको भिडा लागेको हुन्छ ।

मानिसहरु टन्न रक्सी धोकेर नशामा नाचगान गरिरहेका हुन्छन् । काठको बाकसमा रहेको मानिसलाई मरेको ठानिन्छ र एकजना सेतो कपाल भएकी वृद्धा उसको विधवा बन्दछिन् र विधवाकै अभिनय गर्छिन् ।

काठको बाकसलाई सहर घुमाएपछि त्यसलाई जमिनमा खनिएको खाडलभित्र हालिन्छ र बाकसबाट मुखमात्र देखाएर थुनिएको मानिसको मुखमा रक्सीको धारा लगाइन्छ ।

यो पर्वलाई बुरियल अफ पचेन्चोको नामले पनि चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment