Comments Add Comment

अब सांसदहरु पनि मन्त्रीजस्तै सरकारी क्वार्टरमा बस्न पाउने !

सरकारी घर नपाउञ्जेल घरभाडा र फर्निचर सुविधा

samsad६ कात्तिक, काठमाडौं । कर्णालीका नागरिकले भोकमरीको सामना गरिरहेका बेला राजधानीमा भने संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको छ ।

प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् । त्यसका लागि सरकारले सरकारी घरको बन्दोबस्त गर्नुपर्नेछ ।

संसदका पदाधिकारी र सदस्यहरुको सेवा सुविधाका लागि बनेको विधेयकले सरकारी आवासको व्यवस्था गर्नुपर्ने र सरकारी आवास तयार नहुँदासम्म राज्यले नै उनीहरुलाई मासिक १८ हजारदेखि २८ हजार रुपैयाँसम्म आवास भत्ता दिनुपर्ने प्रस्ताव गरिएको छ । सुविधा सम्वन्धि यस प्रस्ताव संसदमा दर्ता भइसकेको छ ।

यस्तै उनीहरुलाई आवासमा प्रयोग हुने फर्निचरसमेत राज्यले किनिदिनेछ । राज्यले संसदका पदाधिकारीहरु सभामुख, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका नेता र प्रमुख सचेतकहरुलाई गाडी तथा इन्धन सुविधा उपलब्ध गराउने छ ।
उनीहरुले गाडी मर्मत तथा इन्धन हालेका नाममा जति पनि खर्च पेश गर्न सक्नेछन् । किनकि सुविधा सम्वन्धी विधेयकले इन्धन र मोबिलको बिल भौचर बुझाउन नपर्ने व्यवस्था प्रस्ताव गरेको छ । गाडी सुविधा नपाउने सदस्यहरुलाई भने ट्याक्सी भाडा उपलब्ध गराउने छ ।

सबैखालको उपचार खर्च

यस्तै हरेक सांसदले सबै खालका उपचार खर्च पाउनेछन् । यतिमात्र होइन उनीहरुले लुगा भत्ता पनि पाउनेछन् । यसरी सांसदहरुको सुविधा बृद्धि गर्न संसद सचिवालयले सांसदहरुलाई ‘नेता भत्ता’देखि ‘पैदल भत्ता’सम्म दिने प्रस्ताव गरेको छ ।

mp-allowance-samsad-bhatta

विभिन्न भत्ता र सुविधा जोड्दा सभामुखको मासिक आम्दानी करिब एक लाख १९ हजार रुपैयाँ हुनेछ । त्यसको अतिरिक्त सांसदहरुको यात्रा बीमाको समेत व्यवस्था गरिएको छ । यस्तै कुनै सांसदको मृत्यु भएमा उसको परिवारको सदस्यले २ लाखसम्म पाउनेछन् । हरेक यात्रामा सांसदको १० लाखको बीमा हुन्छ ।

केहि यातायात व्यावसायीहरुले पाँच लाख रुपैयाँ बराबरको यात्रु बीमा उल्लेख गरिएको टिकट यात्रुहरुलाई दिएका हुन्छ ।
यस्तै एउटा सांसदले सबै सुविधा गरी करिब ९२ हजार रुपैयाँ मासिक बुझ्नेछ । त्यसका अतिरिक्त हरेक सांसदलाई ५० हजारसम्म आर्थिक सहायता दिन सकिनेछ । यसका अतिरिक्त उनीहरुले हरेक एक कोस हिँडेपछि २५ रुपैँयाँका दरले पैसा पाउनेछन् । भने विदेश गएपछि नेता भत्ता पाउनेछन् ।

हेर्नुहोस् यस्तो छ सुविधा सूची

samsad-subidha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment