Comments Add Comment

धुर्मुस र सुन्तलीले यसरी उभ्याए गिराञ्चौरमा नमूना वस्ती (फोटो फिचर)

giranchaur_dhurmus-suntali-basti-7६ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको गिराञ्चौरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूनामा बस्ती अन्तिम चरणमा पुगेको छ । आगामी कार्तिक १२ गते समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

धुर्मुस सुन्तलीद्वारा निर्मित एकीकृत बस्तीमा पुग्दा कट्टेलले भने- ‘अहिले लगभग बस्ती निमार्णका ठूला कामहरु सकिइसकेको छ, केही सामान्य काममात्रै बाँकी छन् । घरहरुको रंगरोगन तथा फिनिसिङ्गका कामहरु मात्रै बाँकी छ ।’

अध्यक्ष कट्टेलले नमूना बस्तीमा निर्माण गरिएका घरहरु भूकम्पमैत्री, वातावरण मैत्री, बालमैली, अपाङ्ग मैत्री र पहिरो मैत्री रहेको बताए ।

giranchaur_dhurmus-suntali-basti-6कुल ३५ रोपनी जग्गामा करीब ५ करोड लागतमा निमार्ण गरिएको बस्तिमा ६५ वटा घरसहित एक सामुदायिक भवनसमेत रहेको छ । बस्तीमा खेल्नका लागि बालबच्चाहरुलाई पार्कसहित खेल मैदान समेत बनाइएको छ ।

बस्तीमा रहेका प्रत्येक घरहर अपाङ्गमैत्री छन् । बस्तीका घरहरुमा ह्वील चियरबाट सबै घरहरुमा पुग्न सकिन्छ । अध्यक्ष कट्टेल भन्छन्- ‘यस्तोखालको बस्तीले समाजमा एकीकरण ल्याउनुका साथै सबैमा सहयोगी भावना एवं सामाजिक सदभावसमेत बढाउँछ ।’

giranchaur_dhurmus-suntali-basti-21बस्ती निर्माणको प्रकृया सुरुवातदेखि नै प्रत्येक घरबाट एकजनाले श्रमदान गरिरहेका छन् । आफुले निर्माण गरेको घरमा आफ्नो श्रम परेपछि माया बढ्छ भन्ने हेतुले स्थानीयवासीले श्रमदानमा सहभागिता जनाएको कट्टेलको भनाइ छ ।

‘जहिलेदेखि नमूना बस्तीको सुरुवात गर्‍यौं त्यो समयदेखि प्रत्येक परिवारबाट एकजना सदस्य आएर श्रमदान गरिरहनुभएको छ’ कट्टेल भन्छन्- योबाहेक विभिन्न संघ सस्था, नेपाल सरकार तथा सुरक्षा निकायलगायत  विदेशीहरुले समेत सहयोग गरिरहेका छन् ।

उनका अनुसार अहिले विभिन्न देशका करिब ७० जना विदेशीले समेत श्रमदान गरिरहेका छन् । विदेशीहरुले सकेसम्म आफ्नै खर्चमा खानपिन गरेर श्रमदान गरिरहेका छन् ।

निर्माण गरिएको बस्तीमा सकेसम्म स्थानीयको आफ्नै जग्गा भएकाहरुलाई सोही स्थानमा घर दिने र यदि त्यसो नभएको अवस्थामा उपभोक्ता समितिले अन्तिम निर्णय गर्ने अध्यक्ष कट्टेल बताउँछन् ।

एकीकृत नमुना बस्तीका उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङ भन्छन्-सकेसम्म आफ्नै जग्गामा पर्ने घरी घरहरु दिने सोच रहेको छ । यदि त्यसो नभएमा सामुहिक छलफल गरेर घरहरु हस्तानान्तरण गर्ने सोच छ ।’

धुमुर्स-सुन्तली  फाउन्डेशनले निमार्ण गरेको बस्ती निकै रमणीय स्थान रहेका कारण यो क्षेत्रलाई पर्यटकीय गन्तब्यसमेत बनाउनुपर्ने पर्यटन व्यवसायी एवं हिमालयन गाईडस् नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले बताए ।

giranchaur_dhurmus-suntali-basti-18

राजधानी बाट ४ घण्टामा सहजै सवारी साधमा पुग्न सकिने भएकाले यो बस्तीमा होम स्टेको सञ्चालन राम्रो हुने पौडेलको भनाइ छ ।

त्यस्तै व्यवसायी रमेश बराल भन्छन्- यहाँ सामुहिक खेतीसमेत गर्न सकिन्छ । यसले बस्तीमा रहेको समुदायलाई आम्दानी बढाउनका साथै सामुहिक भावना कायम गर्नसमेत मद्दत पुग्छ ।

वस्ती अवलोकन पश्चात हास्य कलाकार मनोज गजुरेलले भने- ‘धुर्मस-सुन्तली फाउन्डेशनल निकै सह्रानीय काम गरेको छ । उनको काममा सबैले सहयोग गर्नु जरुरी छ ।’

हेर्नुहोस् बस्तीका केही तस्वीरहरु

giranchaur_dhurmus-suntali-basti-11 giranchaur_dhurmus-suntali-basti-13 giranchaur_dhurmus-suntali-basti-16 giranchaur_dhurmus-suntali-basti-17 giranchaur_dhurmus-suntali-basti-19 giranchaur_dhurmus-suntali-basti-20

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment