Comments Add Comment

माओवादी केन्द्रीय कार्यालयबाट गोपाल किरातीको राजिनामा, सबैलाई एक तह घटुवा गर्न माग

६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले केन्द्रीय कार्यालबाट राजिनामा दिएका छन् ।

Gopal-Kiratiकेन्द्रीय कार्यालय चुस्त बनाउन राजिनामा दिएको भन्दै सबै नेताहरुलाई एक तह घटुवा गर्न किरातीले प्रचण्डसँग माग गरेका छन् ।

आफूले भदौं २५ गते नै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा  बुझाए पनि स्विकृत नगरेकाले यसलाई सार्वजनिक गर्नुपरेको किरातीले अनलाइनखबरलाई बताए ।

‘मैले भदौं २५ मै संगठन विभाग इन्चार्ज बादललाई राजिनामा बुझाएको थिए, तर स्वीकृत नभएपछि सार्वजनिक गर्नुपर्‍यो’ किरातीले अनलाइनखबरसँग भने ।

किरातीले सचिवालयमा बसेर प्रदेशको जिम्मेवारी समाल्ने बताएका छन् । राजिनामा सार्वजनिक गर्दै उनले अध्यक्ष प्रचण्ड बाहेका सवै नेताको एक एक तह घटुवाको माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment