Comments Add Comment

पाँच रुपैयाँ भन्दा कम जरिवना तोकिएका अभियुक्त फरार !

law,-court-&-justice६ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतबाट विभिन्न समयमा पाँच रुपैयाँ भन्दा कम रकम जरिवानाको सजाय तोकिएका अभियुक्तसमेत फरार रहेको पाईएको छ ।

कैद र जरिवाना सजाय फैसला भएका ४ सय ४२ जना मध्ये १३ जनाको जरिवाना पाँच रुपैयाँ भन्दा कम रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पाँच रुपैयाँ भन्दा कम जरीवानको फैसला सुनाईएका अभियुक्तहरु सम्बन्ध विच्छेद, जालसाजि, लेनदेख लगायतको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक हेमराज दाहालले बताए ।

यस्तै ६ रुपैयाँ देखि २० रुपैयाँसम्म जरिवाना तोकिएका ६ जना, २१ देखि ५० रुपैयाँसम्म जनारिवान तोकिएका १० जना, ५१ देखि १ सय रुपैयाँ सम्म जरीवाना तोकिएका २९ जना अभियुक्त अझै फरार सूचिमा रहेका छन् । पाँच रुपैयाँ देखि १ सय रुपैयाँ सम्मकै फरार अभियुक्त ५८ जना रहेको पाईएको छ ।

यस्तै १ सय १ देखि १ हजार सम्मका ५२ जना, १ हजार १ देखि १ लाख सम्मका १ सय ५६ र १ लाख रुपैयाँ भन्दा माथिको जरिवाना तोकिएका १३ जना अभियुक्त फरार रहेको समेत प्रहरी निरीक्षक दाहालले बताए । उनीहरु सबै जालसाजि, सम्बन्ध विच्छेद, लेनदेन, कुटपिट, लुटपाट लगायत देवानि तथा फौजदारी मुद्धामा जरीवाना तोकि फरारको सुचिमा रहेका अभियुक्त रहेका हुन् ।

उनीहरु कैद बिना रकम जरिवाना तोकिएका अभियुक्त भए पनि हाल सम्म जरिवाना नबुझाएका र फरार रहेकाले खोजि कार्य जारी रहेको निरीक्षक दाहाल बताए । यस अघि २ रुपैयाँ जरिवाना तोकिएका समेत अभियुक्त फरार रहेकोमा जरिवाना बुझाई छुटि सकेको पाईएको उनले बताए ।

अदालतको टास्कफोर्स र प्रहरी निष्क्रियताका कारण थोरै रकम जरिवाना तोकिएका पनि अदालतको फैसलालाई बेवास्था गर्दै फरार रहेको हुन सक्ने निरीक्षक दाहालको भनाइ छ ।

पछिल्लो समय भने फरारको सुचिनै तयारी गरी प्रहरी फरार अभियुक्तको खोजिमा सक्रिय रहेकाले पक्राउ पर्ने क्रम जारी रहेको प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment