Comments Add Comment

खलिल जिब्रानको लघुकथा : बजार

एउटा मानिसको बगैंचामा अनारका धेरै बोट थिए । अनार पाक्ने सिजनमा हरेक वर्ष उसले बगैंचा बाहिर चाँदीको एउटा किश्तीमा अनार राखिदिने गर्थ्यो । त्यो किश्तीमा लेखिदिन्थ्यो – ‘तपाईँलाई स्वागत छ, नमुनाको रुपमा एक पटक अवश्य चाख्नुहोला ।’

kahlil-gibranतर, मान्छेहरु आउँथे र अनार नखाईकन त्यहाँबाट जान्थे ।

यस्तो देखेपछि त्यो मानिसले मनैमन केही सोच्यो । अर्को वर्ष उसले बगैंचा बाहिर चाँदीको किश्तीमा एउटा पनि अनार राखेन ।

बरु ठूलो-ठूलो अक्षरमा यस्तो लेख्यो – ‘यहाँ यस क्षेत्रकै सबैभन्दा उच्चस्तरको अनार फल्छ । यसैले हामी अरुको तुलनामा केही महँगोमा बिक्री गर्छौं ।’

त्यसपछि आसपासको क्षेत्रका मान्छेहरु अनार खरिद गर्नका लागि त्यहाँ ओइरिन थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment