Comments Add Comment

महानगरपालिकाले थाल्यो अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धिको काम

 

agni-ryali
६ कात्तिक, काठमाडौं । शनिबारबाट अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह-२०७३ को सुरू भएको छ । बिगतका तिहारमा एकै दिनमा १० वटासम्म आगलागीका घटना भएका र ती घटना हुनुमा सामान्य मानवीय त्रुटी कारण भएकाले चेतना अभिवृद्धि कार्यक्रम क्षति न्युनीकरणमा सप्ताहब्यापी कार्यक्रम प्रभावकारी हुने आयोजकको दावी छ ।

सप्ताहको अाैपचारिक सुरूवात गर्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले आगोको गुण पहिचान गरेर सही उपयोग गरे यसबाट लाभ हुने अन्यथा आगो जनधन क्षतिको कारण हुने बताए । उनले आगलागी क्षति न्युनीकरणका कार्यक्रम नियमित सञ्चालन हुन जरुरी रहेको बताएका हुन्।

तामाङले सप्ताहअन्तर्गत तिहार लक्षित कार्यक्रम हुने भए पनि महानगरले अग्निजन्य प्रकोप व्यवस्थापनमा सदैव काम गरिरहेको उल्लेख गरे ।

rudrasingh-tamang
विगत आगलागीका घटना विश्लेषण गर्दै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्ले भने- ‘सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ, तर ती सामान्य मानवीय आचरणमा पनि मानिसको सजगता पुगेको छैन ।’

तिहार वत्तीसँग सम्बन्धित पर्व भएकोले उल्लाससँगै सावधानी पनि चाहिने जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले बताए । ‘सावधानीका लागि सहरबासीलाई सचेत गराउन पहिलोपटक यस प्रकारको सप्ताह मनाइएको उनको भनाइ छ  ।

सप्ताह शुभारम्भका अवसरमा अग्नि नियन्त्रक तथा अग्नि नियन्त्रक स्वयम्सेवक, नेपाल प्रहरी, नेपाल रेडक्रस, नेपाल स्काउट, वडा स्तरीय विपत् व्यवस्थापन समिति, स्थानीय क्लव तथा संघ संस्था गरी ४१ वटा संघ संस्थाको सहभागिता थियो भने पूर्व जनप्रतिनिधिहरुले समेत कार्यक्रममा सक्रियता देखाएका थिए ।

जुद्ध बारुण यन्त्र कार्यालय, धर्मपथबाट शुरु भएको जनचेतनामुलक र्याली, ओमबहाल, मरु गणेश, यट्खा, नरदेवी, बाङ्गेमुढा, इन्द्रचोक हुँदै पुन धर्मपथमा आएर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment