Comments Add Comment

क्यामरुनमा रेल दुर्घटना, ५३ को मृत्यु

train-accident६ कात्तिक, काठमाडौं । अफ्रिरकी देश क्यामरुनमा यात्रुवहाक रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन सयभन्दा बढी घाइते छन् ।

क्यामरुनको याउँडे तथा डूआला शहरबीच गुडीरहेको रेलको दशवटा डिव्वा लिकबाट बाहिरिएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा धेरै यात्रु घाइते भएका छन् । घाइतेमध्ये धेरैको हात छुट्टा काटिएका छन् ।

भारी वर्षका कारण दुई सहरबीचको सडकका विभिन्न भागका क्षति पुगको थियो । जसका कारण रेलमा आठ डिव्वा थप गरिएको थियो ।

समाचार संस्था एपीले ६ सय यात्रु चढ्ने रेलमा डिव्वा थपिएसँगै  १३ सयभन्दा बढी यात्रु  रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment