Comments Add Comment

पर्यटकीयस्थल भुम्जुडाँडा पुग्न बन्यो सडक

६ कात्तिक । जिल्लाको पश्चिमी गाविस डिकुवाका स्थानीयले पर्यटकीयस्थल भुम्जुडाँडासम्म पुग्नका लागि चन्दा उठाएर सडक निर्माण गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

भुम्जुडाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै डिकुवाका १८ घर स्थानीयले एक हजारदेखि पाँच हजारसम्म चन्दा उठाएर तीन किलोमिटर सडक निर्माण गरेका हुन् ।

१४ लाख बढीको लगानीमा निर्माण गरिएको सडकका लागि गाविसको तीन लाख सहयोग रहेको निर्माण उपभोक्ता समितिका संयोजक बागदल खत्रीले बताए ।

पर्यटकीयस्थल भुम्जुडाँडा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको डिकुवा गाविसमा पर्दछ । सदरमुकाम दिक्तेलबाट च्यास्मिटार–डिकुवा हुँदै भुम्जुडाँडा पुग्ने बाटो खुलाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

भुम्जुडाँडामा खोटाङको पश्चिमी गाविससँगै छिमेकी जिल्ला उदयपुर, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, सिराहा, सप्तरी, सुनसरी, मोरङलगायतका पर्यटक आउने गरेका छन् । पछिल्लो समय भुम्जुडाँडामा पर्यटकको आगमन वृद्धि हुँदै गएपछि उनीहरुको सुविधाका लागि चौतर्फी विकासमा स्थानीय लागि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment