Comments Add Comment

पर्वतका ग्रामीण सडक मर्मतको काम सुरु

Digging a road for Melamchi pipeline (22)
६ कात्तिक, फलेवास (पर्वत) । जिल्लाको सदरमुकाम कुश्माबजारबाट सबै गाविसमा पुग्न सकिने गरी ग्रामीण सडकको मर्मत सुरु भएको छ ।

जिल्ला विकास समितिले २४ वटा सडकलाई छनोट ठेकेदारसँग मर्मतका लागि बुधबार ठेक्का सम्झौता गरेपछि मर्मतका काम सुरु भएको हो । दसैँअगावै सञ्चालन गर्ने तयारी भए पनि वर्षा नरोकिएको र ठेकेदारले कमिसन बाँडफाँडका लागि सम्झौतामा अवरोध गरेका कारण मर्मतको काम सुरु भएको थिएन ।

जिल्ला विकास समिति पर्वतले ठेक्काका लागि २१ प्रतिशत कम मूल्य कबोल गर्ने अन्नपूर्ण निर्माण सेवासँग मर्मतको ठेक्का सम्झौता गरेको छ । “सम्झौता पछि अब ठेकेदारले मर्मतको काम सुरु गरेका छन्” जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बानियाँले भने “अब तिहारसम्ममा सामान्य मर्मतको काम सक्ने लक्ष्य राखेका छाँै ।”

जिल्ला विकास समितिले सडकलाई आकस्मिक रुपमा मर्मतका लागि १५ लाख ६२ हजार विनियोजन गरेको छ । चाडवाड मनाउनका लागि बाहिरबाट गाउँमा आउने सर्वसाधारण सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकून् भनेर आकस्मिक रुपमा मर्मत गर्ने परम्परा चल्दै आएको छ ।

दसैंअघि दक्षिण पर्वतको चिसापानी–हुवास सडक र त्यस वरपरका केही सडकमा बाहेक दक्षिणमा राम्रोसँंग यात्रुले सवारी चढ्न पाएनन् । मिलनचोकदेखि शालिजासम्म, कुस्मादेखि दुर्लुङसम्म र डिमुवादेखि चित्रेसम्म केही मात्रामा सवारी चलेका थिए । कुस्मादेखि हुवास र रानीपानीसम्मको सडकमा सवारी नचल्दा सबैभन्दा बढी यात्रुले सास्ती खेपेका थिए ।

सडक मर्मत नहुँदा सबैभन्दा बढी यात्रु चल्ने दोबिल्ला–फलेवास सडकमा हिलोमा सवारीसाधन रोकिँदा पाँच घन्टासम्म यात्रुले सडक पार गर्न समय लागेको दुःखेसो पोखेका छन् ।

सडकको एकोहोरेपाखा जङ्गलमा हिलोमा चार पाँच घन्टासम्म सवारीका साधन फस्ने र निकाल्नका लागि डोजर र ट्याक्टर प्रयोग गर्नुपर्ने अवस्था आएपछि सबैभन्दा बढी सास्ती खेप्नुपरेको थियो । धेरै सवारीसाधन बिग्रेका थिए भने व्यवसायीले पनि धेरै घाटा बेहोरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment