Comments Add Comment

दीपावलीमा मलेसियामा परदेशी धमाका हुँदै

pardesi-dhmaka दिपावलीको अवसरमा मलेसियमाा हुन लागेको  परदेशि धमाकामा तक्मेवुढा अर्थात विल्सन विक्रम राईले मलेसिया तताउने भएका छन् ।

कार्यक्रमको सिलसिलामा दोश्रो पटक मलेसिया आउन थालेका तक्मेले आफुले नयाँनयाँ प्रस्तुतिहरु प्रस्तुत गर्ने वताए ।

क्वालाम्पुरका ब्यापारी दिलकुमार केरुङ लिम्वुले आयोजना गर्न लागेको कार्यक्रममा विल्सनविक्रम राई सहित नेपाली तारा सन्तोष लामा, लोक तथा आधुनिक गायिका रिता केसी, मोडेल तथा डान्सर सलु गौतम गायिका यासेली योङहाङ्ग ,गायिका मनु नेम्बाङ, गायक लाक्पा शेर्पा लगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् । यसैगरी मलेसियामा चर्चित रहेको मन्जरी थि्रएटर ग्रुपले समेत आफनो प्रस्तुति प्रस्तुत गर्ने भएको छ ।

कार्यक्रमको लागि सवै तयारी पुरा भएको आयोजक लिम्वुले जानकारी दिए । कार्यक्रमको उदेश्य मनोरन्जनदिने मात्र नभएर कार्यक्रममा आएका ेमुनाफाबाट जेलमा रहेका नेपालीहरुका लागि एकतफिर् टिकट उपलब्धगराउने आयोजकले जनाएका छन् ।

कार्यक्रमका लागि तेन्जीङ शेर्पा,मञ्जरी थि्रयटर ग्रुप,किरात याक्थुङचुम्लुङ, आदिवासि जनजाती महासंघ,शेर्पा किदुक मलेसिया, किरातधर्म तथा साहित्य उत्थान संघ, दोलखाली युवा समाज तथा उग्रतारा रेष्टुरेन्टलगायतले सहयोग गरेकाछन ।
कार्यक्रम अक्टोवर २९ तारिखमा केलाङ, ३० तारिख क्वालालम्पुरमार विशेष प्रर्दशनी ३१ तारिखमा होटल फाईभ इलाभेन्समा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment