Comments Add Comment

कांग्रेसलाई ओलीको जवाफः महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव हो

kp-oli-balkot
तस्वीरः अारसी लामिछानेको फेसबुकबाट

६ कात्तिक, काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीबारे आफ्नो मन्त्रिपरिषद्मा पनि गम्भीर प्रश्न उठेको बताएका छन् ।

साथै उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रको रुपमा नहेर्न कांग्रेसलाई आग्रह गरे ।

संयुक्त विद्यार्थी आन्दोलनको ज्ञापन पत्र बझ्दै एमाले अध्यक्ष ओलीले अख्तियार प्रमुख लोकमानमाथि समानान्तर सरकार चलाएको आरोव लगाए । ‘१३ पन्ने भराइदिन्छु’ भन्दै तर्साएर कर्मचारीतन्त्र चलाएको भन्दै उनले भने, नत्र भने मुद्दा लगाइदिन्छु भनेको भरमा सुरक्षा संयन्त्र होस् अथवा अरुलाई पंगु बनाएको अवस्था हो ।’

उनले समयको आवश्यकता र माग विपरित कोही जान नसक्ने भन्दै महाअभियोग पास गर्नु पर्ने बताए । उनले भने, हाम्रो पार्टीको संस्थागत निर्णय नभइसकेको भएपनि हाम्रो पार्टीले सर्वसम्मतिले प्रस्तावको पक्षमा आफूलाई उभ्याउँछु भन्ने म ठान्छु ।’

लोकमानका गतिविधिबारे आफ्नो सरकारका पालामा पनि मन्त्रिपरिषद्मा छलफल हुने गरेको उनले सुनाए । उनले भने, अघिल्लो सरकारको समयमा पनि मन्त्रिपरिषद्मा गम्भीरताका साथ प्रश्नहरु उठेका हुन् । त्यतिबेला सरकारमा नभएका दलहरुसँग पनि हामीले त्यतिबेला पनि छलफल गरेका हौं, पछि पनि छलफल भएको छ ।’

कसको हस्ताक्षर भयो भएन भन्ने आधारमा महाअभियोगलाई हेर्न नहुने भन्दै ओलीले भने भने, यो महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र होइन । षड्यन्त्रविरुद्धको प्रस्ताव हो ।’

कांग्रेसतर्फ लक्षित गर्दै उनले महाअभियोग प्रस्तावलाई षड्यन्त्र देख्नु अनुपयुक्त भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment