Comments Add Comment

अमेरिकी चुनावको अनुगमन गर्ने रुसी प्रस्ताव अस्वीकार

usa-election

६ कात्तिक, काठमाडौं । अमेरिकाको तीन राज्यले नोभेम्बर ८ मा हुने राष्ट्रपति चुनावको अनुगमन गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले रुसी प्रस्तावलाई ‘पब्लिसिटी स्टन्ट’ भनेको छ ।

चुनाव प्रचारका क्रममा रुसमाथि अमेरिकी चुनाव प्रभावित पार्ने प्रयास गरेको आरोप लागेको छ । रुसले भने यो आरोप अस्वीकार गरेको छ ।

रुसको महाबाणिज्य दूताबासले तीन राज्य ओक्लाहामा, टेक्सास र लुजियानालाई भनेको थियो कि उ अमेरिकी चुनावको अध्ययनका लागि भोटिङको समयमा अधिकारी खटाउन चाहन्छ ।

ओक्लाहामा राज्यले भने राज्यको कानुन अनुसार भोटिङको समयमा चुनाव अधिकारी र मतदाता बाहेक कसैको उपस्थितिलाई अनुमाति नदिएको जवाफ दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीका अनुसार रुसलाई अर्गनाइजेशन फर सेक्युसिटी एण्ड कोअपरेशन इन युरोपको टिमको सदस्य बन्ने प्रस्ताव गरिएको थियो । जसलाई उसले अस्वीकार गरेको छ । उसको अर्थ यो सबै ‘पब्लिसिटी स्टन्ट’ बाहेक अरु केही नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment