Comments Add Comment

जल शाहको बदलिएको फिगर, भन्छिन्-‘मोटाउनु र दुब्लाउनु सामान्य कुरा’

jal-sha-cute-1
एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् ।

उनले अब आफू महिला केन्दि्रत चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । अनलाइनखबरसँगको विशेष भेटमा जलले मोटाएको फिगरमा भनिन्-‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?’jal-sha-cute-2 jal-sha-cute-4 jal-sha-cute-5
उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाहले अनलाइनखबरसँग मस्तीको गफ गरेकी छिन् । उनीसँग गरिएको भिडियो कुराकानी केही दिनमै प्रकाशन हुनेछ । जलले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीको केही अंश भने यस्तो छ ।

 

jal-sha-cute-6 jal-sha-cute-7

तस्बिरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment