Comments Add Comment

हिन्दु राष्ट्र घोषणा नगरे देश दुर्घटनामा पर्ने कटवालको चेतावनी

rukmangat-katwal

६ कात्तिक, ताप्लेजुङ । पूर्वप्रधानसेनापति रुकमांगत कटवालले संविधान संशोधन मार्फत नेपाललाई हिन्दु राष्ट्र घोषणा नगरे देश गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

विश्व सामू नेपालको परिचय हिन्दु राष्ट्रकै भएको भन्दै उनले यसलाई गुम्न दिन नहुने बताएका छन् ।

राष्ट्रिय हिन्दु एकता मञ्चले ताप्लेजुङबाट सुरु गरेको बैदिक सनातन हिन्दु राष्ट्र नेपाल पुनस्र्थापना मेची महाकाली महाअभियानको उद्घाटन गर्दै कटवालले संविधान संशोधनमार्फत हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।

नेपाल रहे नेपाली रहने, नेपाली रहे सबै दल रहने र राजनिति गर्ने स्थान पनि यहि भुमिमा हुन भन्दै उनले दलहरुलाई अन्तराष्ट्रिय चलखेलमा नपर्न र नेपाललाई धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन आग्रह गरे ।

दुई तीन जना नेताले मध्यरातमा गरेको निर्णयवाट नेपाललाई धर्मनिरपेक्ष बनाएको उनको आरोप थियो । अहिले नेताहरुलाई नै पश्चताप भएको चन्दै उनले संविधानमा नसच्याउने हो भने नेपाली जनतामार्फत जनमत संग्रह गरेर निणयमा पुग्नु पर्ने बताए ।

धर्मको विषयमा विखण्डन ल्याएर धार्मिक क्षेत्रमा भ्वाँङ पारेको भन्दै उनले आक्रोस पोखे ।

पूर्व प्रधानसेनापति कटवलले संघीयता नेपालको आवश्यकता नभएको दाबी गरे । संघीयताले नेपालीहरमा फाटो ल्याउने उनको दमबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment