Comments Add Comment

माओवादीले लोकमानबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दियो

mao-meet

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई दिएको छ ।

सरकारको नेतृत्वकर्ता दल माओवादीको हेडक्वाटर बैठक प्रचण्ड निवास लाजिम्पाटमा बसेको थियो । बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन्, महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरियो ।’

कार्कीलाई महाअभियोग लगाएर हटाउन नेताहरु एकमत भएको तर, अन्य दलहरुसाग छलफल गर्नु पर्ने भएको माओवादी नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment