Comments Add Comment

डा. केसीले फुटाए ‘लोकमानको घैंटो’, हेर्नुस् ७ तस्वीर

dr-kc-rally-1

६ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न दबाव दिन डा. गोविन्द केसीका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् ।

सोलिडारिटी फर डा. केसी एलाइन्सको आहृवानमा भएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वर पुगेको थियो । प्रदर्शनमा सहभागीहरुले ‘डाक्टर केसीको माग पुरा गर’, ‘विदेशीका मतियार, सबै होऔं होसियार’ लगायत नारा लगाएका थिए ।

lokman-ko-ghaiti-futyo-2

प्रदर्शनको अग्रभागमा एक व्यक्ति थिए, जसको छातिमा लोकमान सिंह कार्की लेखिएको कागज टाँसिएको थियो र उनले घैंटो बोकेका थिए ।

यो घैंटोमा ‘लुटतन्त्र’ भनेर लेखिएको थियो । प्रदर्शन बानेश्वरमा पुगेपछि डा. केसीले लोकमानले लुट मच्चाएको भन्दै उक्त घैंटो फुटाएका छन्।

lokman-ko-ghaiti-futyo-1

dr-kc-rally-2dr-kc-rally-7

dr-govinda-kc

dr-kc-rally-10

 

२०७३ कार्तिक ६ गते १५:४३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment