Comments Add Comment

‘ए दिल हे मुश्किल’ चलाउन यस्तो शर्त, आर्मी कोषमा ५ करोड दिनुपर्ने

ranbir kapoor and anuska sharma
आउँदो शुक्रबार रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’माथि अब कुनै समस्या नहुने भएको छ । आज बिहान महाराष्ट्रका सीएम देवेन्द्र फडणवीसको घरमा भएको छलफलमा शर्तसहित चलचित्र रिलिजमा समस्या उत्पन्न नगर्ने सहमती भएको हो ।

एमएनएस पार्टीका अध्यक्ष राज ठाकेरसहित चलचित्रका निर्माता तथा निर्देशक करण जोहर, निर्माता संघका अध्यक्ष मुकेश भट्ट उपस्थित थिए । चलचित्र रिलिजका लागि राज ठाकरे र उनको पार्टीले ३ वटा शर्त राखेको छ । जुन शर्त यस्ता छन्-

१. चलचित्रको सुरुवातमा शहिदको सम्मानमा एक सन्देश देखाउनु पर्नेछ ।
२. निर्माताले अब पाकिस्तानी कलाकारसँग काम गर्ने छैनन् ।
३. जुन चलचित्रमा पहिले नै पाकिस्तानी कलाकार छिन्, ती चलचित्रका निर्माताले आर्मी रिलिफ फन्डमा ५ करोड सहयोग दिनुपर्नेछ ।
छलफलपछि पार्टीका नेता नितिन दरारले चलचित्रको रिलिजमा अझै पनि सहयोग नगर्ने बताएका छन् । निर्माता तथा निर्देशक करण जोहरले माथिका ३ शर्त मान्न आफूहरु तयार भएको बताए । उनले अब कुनै पनि पाकिस्तानी कलाकारसँग काम नगर्ने बताएका छन् ।

पाकिस्तानी कलाकार फवाद खानले काम गरेका कारण यो चलचित्रको रिलिजमा एमएनएस पार्टीले अवरोध गर्ने बताउँदै आएको थियो । उडी हमालापछि पाकिस्तानी कलाकारले भारत छाडिसकेका छन् भने उनीहरुलाई बलिउड चलचित्र खेल्नमा प्रतिवन्ध लगाइएको छ ।

रणवीर कपुर, ऐश्वर्या राय, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो लभस्टोरी चलचित्र अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment