Comments Add Comment

शनिबारको टप १० समाचारः प्रचण्ड डराउनुको करणदेखि गिराञ्चौरको नमुना बस्तीसम्म

आज शनिबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. लोकमानसँग किन डराउँछन् प्रचण्ड ? यस्ता छन् ३ कारण

लोकमानलाई यति ठूलो ‘पेपर टाइगर’ का रुपमा प्रस्तुत गरिँदैछ कि उनीदेखि देशका कार्यकारी प्रधानमन्त्रीसमेत डरले थुरथुर देखिन्छन् । आखिर किन ? यसका पछाडि केही कारण छन् ।

२. धुर्मुस र सुन्तलीले यसरी उभ्याए गिराञ्चौरमा नमूना वस्ती (फोटो फिचर)

giranchaur_dhurmus-suntali-basti-7

सिन्धुपाल्चोकको गिराञ्चौरमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूनामा बस्ती अन्तिम चरणमा पुगेको छ । आगामी कार्तिक १२ गते समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए ।

३. कांग्रेस र भारतलाई डा. केसीको चेतावनी: लोकमानलाई इण्डिया लैजाओस्

प्रा. डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान कार्कीलाई महाअभियोगलाई लिएर नेपाली कांग्रेस र छिमेकी मुलुक भारतमाथि निशाना साँधेका छन् । केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

४. हिन्दु राष्ट्र घोषणा नगरे देश दुर्घटनामा पर्ने कटवालको चेतावनी

 राष्ट्रिय हिन्दु एकता मञ्चले ताप्लेजुङबाट सुरु गरेको बैदिक सनातन हिन्दु राष्ट्र नेपाल पुनस्र्थापना मेची महाकाली महाअभियानको उद्घाटन गर्दै कटवालले संविधान संशोधनमार्फत हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।

५. कांग्रेसलाई ओलीको जवाफः महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव हो

पू्र्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीबारे आफ्नो मन्त्रिपरिषद्मा पनि गम्भीर प्रश्न उठेको बताएका छन् ।साथै उनले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रको रुपमा नहेर्न कांग्रेसलाई आग्रह गरे ।

६. पहिलो महिला सागरमाथा आरोही तावेईको निधन

  पहिलो महिला सागरमाथा आरोही जुनको तावेईको निधन भएको छ । उनको ७७ वर्षको उमेर जापानमा निधन भएको हो ।

७. अब सांसदहरु पनि मन्त्रीजस्तै सरकारी क्वार्टरमा बस्न पाउने !

संसद सचिवालयले सांसदहरुका लागिसमेत सरकारी आवासको प्रस्ताव गरेको छ । प्रस्तावित सुविधाअनुसार अब सांसदहरुले पनि मन्त्री, प्रधानमन्त्रीले जस्तै सरकारी आवास पाउने भएका छन् । त्यसका लागि सरकारले सरकारी घरको बन्दोबस्त गर्नुपर्नेछ ।

८. सिभिल अस्पतालले सञ्चालनमा ल्यायो मास्टर हेल्थ चेक अप

शारीरिक जाँचलाई अझ प्रभावकारी बनाउन निजामति कर्मचारी अस्पताल (सिभिल)ले यसै हप्तादेखि दुईवटा नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई लक्षित गरी अस्पतालले बुधवारदेखि यो प्योकज सञ्चालनमा ल्याएको हो ।

९. स्मार्टफोन धेरै तात्यो ? यसरी गर्नुस् उपचार

स्मार्टफोनको प्रयोग केवल टेलिफोन सम्बादमा मात्र सिमित छैन् । स्मार्टफोन बहुउपयोगी डिभाइस भएको जसलाई हामी इन्टरनेट चलाउन, गेम खेल्न, तस्वीर तथा भिडियो खिच्न, आवाज रेकर्ड गर्न पनि प्रयोग गर्दछौं ।

१०. जल शाहको बदलिएको फिगर, भन्छिन्-‘मोटाउनु र दुब्लाउनु सामान्य कुरा’

एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् ।

र, यो पनि

ज्यूँदो मानिसलाई रक्सी खुवाएर चिहानमा पुर्ने अनौठो संस्कार

विश्वमा अनेक परम्परा छन् र ती मध्ये केही परम्परा डरलाग्दा तथा अनौठा छन् । त्यस्तै डरलाग्दो परम्परा मध्ये एउटा परम्परा क्युबामा प्रचलित छ, जहाँ मानिसलाई ज्यूँदै जमिनमा गाडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment