Comments Add Comment

हिराद्धारा सन्यासको घोषणा

hira-bdr-thapa

६ कात्तिक, काठमाडौं । नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले  खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् ।

चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवनबाट अलग हुने घोषणा गरे ।

२०४६ सालमा खेलाडी जीवनमा पाइला टेकेका थापाले लगातार १७ वर्ष राष्ट्रिय च्याम्पियन्सीप जितेर दुर्लभ कीर्तिमान बनाएका छन् । सन् १९९४ देखि २०१० सम्मको सो अवधिमा हीरा एक खेलमा पनि पराजित भएनन् । आफ्नो खेल करियरमा हीराले १७ एकल उपाधि जिते भने १ टिम इभेन्टमा स्वर्ण जितेका छन् ।

नवौंदेखि लगातार चार दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएका हीराले ९ औं सागको पुरुष टिम इभेन्टमा कांस्य जितेका थिए ।

सन्यास घोषणपछि हीराले खेलाडी जीवनबाट सन्यास लिएपनि स्क्वासमा कुनैनकुनै भूमिका रहिरहने बताए । हीरा ललितपुर जिल्ला खेलकुद विकास समितिमा स्क्वास सहयाक प्रशिक्षकका रुपमा कार्यरत छन् । हीराका छोरा अमृत थापा मगर र छोरी कृष्णा थापा पनि राष्ट्रिय स्क्वास खेलाडी हुन् ।

कार्यक्रममा हीरालाई जिवि मार्केटिङका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले सम्मान पत्र र नगद १ लाख रुपैयाँ प्रदान गरी अभिनन्दन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment