Comments Add Comment

चिनियाँलाई गाउँबाट रुद्राक्ष खरिद गर्न रोक !

rudrakshya७ कात्तिक, काठमाडौं । चिनियाँ व्यपारिलाई गाउँमा पुगेर रुद्राक्ष खरिद गर्न रोक लगाइएको छ ।

चिनियाँ रुद्राक्ष खरिदको बहानामा संखुवासभाका गाउँगाउँमा पुगेर विभिन्न गतिविधि गरेको भन्दै रुद्राक्ष व्यवसायी संघले गाउँमै गुगेर रुद्राक्ष खरिद बिक्री गर्न रोक लगाएको हो ।

व्यवसायी संघको शनिबार बसेको बैठकले चिनियाँले नेपालीलाई भ्रममा पार्न र रुद्राक्ष खदिरका नाममा विभिन्न क्रियाकलाप गर्ने गरेको निष्कर्षसहित गाउँ नपस्न आग्रह गरी प्रशासन कार्यालयलाईसामेत जानकारी गराउने निर्णय गरेको आजको अन्नपूर्णमा समाचार छ ।

रुद्राक्ष खरिद गर्न आएका अधिकांश चिनियाँ पर्यटक भिसामा आउने गरेको र गाउँगाउँसम्म पुगेर रुद्राक्ष खरिद गठरेको व्यवसायी अंघको भनाइ छ ।

उनीहरुले जिल्ला विकास समितिबाट निकासी अनुमतिपत्र पनि लिएका छैनन् । उनीहरुमा व्यापारिक गतिविधि नापाइएको संघको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment