Comments Add Comment

गफमै सीमित चिनियाँ इन्धन, प्रगति शून्य

China-petrol७ कात्तिक, काठमाडौं । चीनबाट इन्धन भित्र्याउन गृहकार्य सुरु भएको एक वर्ष पुग्दा पनि प्रगति शून्य छ ।

चिनियाँ इन्धन आयातबारे छलफल र अध्ययन गर्न नेपाल आयल निगम र तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालय र हालको आपूर्ति मन्त्रालयका उच्च अधिकारीले पटकपटक चीन भ्रमण गरे ।

नियमदेखि मन्त्रालयसम्मका अधिकारी महँगा होटेलको खर्च र आकर्षक भत्ता पनि बुझे । तर, इन्धन आयात गर्ने विषय अझै अन्योलमा छ ।

यसै विषयमा अध्ययन गर्न आपूर्ति र परराष्ट्र मन्त्रालयका अधिकारी सम्मिलित समिति पनि गठन भयो ।  व्यपार गर्ने विषयमा चीन सरकारको स्वामित्वमा भएको पेट्रो चाइना र निगमबीच द्विपक्षीय सहमति भएको एक वर्ष वितिसक्दा पनि इन्धन आयात हुने या नुहेन निश्चित नभएको अाजको अन्नपूर्णमा समाचार छ ।

अहिले चीनबाट इन्धान आयात गरी बिक्री गर्ने विषय गफमै सीमित बन्न पुग्यो ।

इन्धनमा भारतमाथि परिनिर्भर रहेको नेपाललाई भारतीय एकाधिकार हटाउन चीनबाट इन्धन आयात गर्ने विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकमालमा निर्क हल्लासहित तयारीसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment