Comments Add Comment

१० लाख बालबालिका अझै पनि विद्यालयबाहिर

student७ कात्तिक, काठमाडौं ।  कक्षा १० सम्म अध्ययन गर्ने उमेर समूहका साढे १० लाख बालबालिका विद्यालयबाहिर छन् । शिक्षा विभागको तथ्यांकअनुसार कक्षा १० सम्मको अध्ययन गर्ने पाँचदेखि १४ वर्ष उमेर समूहका १० लाख ६७ हजार तीन सय १२ बालबालिका विद्यालयबाहिर छन् ।

शिक्षा विभागको सन् २०१५्\०१६ को फ्ल्यास १ रिपोर्टअनुसार आधारभूत तह (कक्षा १–८) मा कुल पा“च लाख ४१ हजार पाँच सय ४२ बालबालिका विद्यालयबाहिर छन् । त्यसमा छात्राको संख्या धेरै छ । आधारभूत तहमा दुई लाख ६१ हजार सात सय ४२ छात्रा र दुई लाख ७९ हजार आठ सय छात्र विद्यालयबाहिर छन् । त्यसैगरी, माध्यमिक तह (९ र १०) मा भर्ना हुने १३ र १४ वर्ष उमेर समूहका पाँच लाख २५ हजार सात सय ७० विद्यालयबाहिर रहेको विभागको तथ्यांक छ । जसमध्ये दुई लाख ७३ लाख तीन सय ७९ छात्रा र दुई लाख ५२ हजार तीन सय ९१ छात्र विद्यालयबाहिर छन् ।

विभागका तथ्यांक शाखाका उपसचिव शंकर थापाले प्राथमिक तहमा पाँचदेखि नौ, कक्षा ६–८ सम्म १० देखि १२ वर्ष, ९ र १० मा अध्ययन गर्ने १३ र १४ वर्ष उमेर समूह तोकिएको छ । तोकिएको उमेर समूहका बालबालिका विद्यालयमा भर्ना भएको नपाएपछि तिनलाई विद्यालयबाहिर रहेको सूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment