Comments Add Comment

वेष्टब्रोममाथि लिभरपुलको जित, दोस्रो स्थानमा उक्लियो

liverpool७ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्टब्रोममाथि जित हात पारेको छ र, लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले वेष्टब्रोमलाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदान एन्पिmल्डमा भएका खेलमा लिभरपुलले २० औं मिनेटमा नै मानेको गोलबाट अग्रता लिएको थियो ।

३५ औं मिनेटमा काउटिन्होले गोल गरेपछि घरेलु टोली पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो । वेष्टब्रोमका लागि म्याकोलीले ८१ औं मिनेटमा गोल गरेपनि त्यो सान्त्वना मात्र बन्यो ।

दुई गोलको प्रष्ट जित भएको भए लिभरपुल शीर्ष स्थानमा उक्लने थियो । तर, लिग लिडर आर्सनलको समान २० अंक भएर पनि गोल अन्तरकाआधारमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment