Comments Add Comment

दुर्घटनामा परी सांसद गंगा चौधरी घाइते, अवस्था सामान्य

७ कात्तिक, नेपालगञ्ज । सांसद गंगा चौधरी कैलालीबाट दाङ आउने क्रममा शनिबार साँझ सवारी दुर्घटनामा परी घाइते भएकी छिन् । उनको कोहलपुरस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

ganga-chaudhariकैलालीमा पार्टीको बैठक सकेर दाङ फर्कने क्रममा शनिबार साँझ सवा ६ बजे उनी चढेको गाडी बाँकेको गावर भन्ने ठाउँमा पल्टेको थियो ।

उक्त दुर्घटनामा सांसद चौधरीसहित पाँच जना थिए । सांसद चौधरीको टाउकोमा सिसाले काटेर चोट लागेको छ । उनको अवस्था सामान्य रहेको पति नन्दकुमार चौधरीले अनलाइखबरलाई बताए ।

गाडीमा सवार रामपति चौधरीलाई बढी चोट लागेपनि अरुको अवस्था सामान्य रहेको नन्दकुमारले बताए ।

सडकमा ओइरो झरेर बनेको  माटोको ढिस्कोमा ठोकिएर गाडी पल्टिएको थियो । आधा पल्टिएको अवस्थामा गाडी करिब ५० मिटर धसिएर बिपरीत दिशावाट आइरहेको हायस माइक्रोमा ठोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment