Comments Add Comment

दुबईमा मोना युएइको दशैं तिहार शुभकामना कार्यक्रम

dubai-picnicदुबई ।  शुक्रबारको बिदा मनाउन सर्बसाधरणको भिडभाड भैरहने युएईको दुबईस्थित जाबेल पार्क शुक्रबार नेपाली मौलिक बाजा मादल , बासुरी र दोहोरी गीतले गुञ्जयमान बन्यो ।

रोजगारको शिलसिलामा   युएईमा रहेका म्यागेदेलीहरुको साँझा संस्था मोना युएई द्वारा आयोजित दशैं तिहार शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रममा नेपालीहरु रमेका हुन् ।

नेपाली खानाको परिकार सेलरोटी, साँधेको अचार, चिउरा, मासु लगाएतको बिषेश नेपाली परिकारको स्वाद लिदै दोहोरी गीत गाउन अनि छम्छमी नाच्न पाउदा त्यहाँ उपस्थित नेपालीहरु आफ्नै घर छिमेकको आगनमा रमाएको महसुस भएको बताउादै थिए ।

म्याग्दी मल्कबाङ – २ का मन बहादुर र निस्कोतकी यामकुमारीबीचको घम्साघम्सी दोहोरीमा धेरैजना पसिना छुट्ने गरी नाँचे भने अन्य मुलुकका मानीसहरु समेत मनोरञ्जित बन्दै झुम्मीए कतिपए बिदेसी नागरीक नेपाली लोकदोहोरीमा कम्मर मर्काउदै नाचेर समेत मनोरञ्जन लिएका थिए ।

म्याग्दीमा भईपरी आउने प्रकोपमा राहत ,बिकास निर्माण तथा परोपकारी कार्यमा सहयोग पुर्याउने लक्षसहित युएईमा समस्यामा परेका म्याग्देलीहरुको उद्दार होस भन्ने उद्देस्यका साथ संगठित मोना युएईले पहिलो पटक युएईमा मनोरञ्जनात्मक भेट्घाट कार्यक्रमको आयोजना गरेको मोना युएईका अध्यक्ष प्रदीप सुबेदीले बताए । कार्यक्रम अत्यन्तै भब्य तरिकाले सम्पन्न भयो यसले हामीमा उत्साह थपेको छ महासचिब बिक्रम अधकािरीले बताए ।

मोना युएईका संरक्षक सुशिल केसीको प्रमुख अतिथ्य तथा प्रदिप सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक केसीले मोना युएई गठन हुनुको उद्देस्य तथा अवधारणा बारे प्रस्त पारेका थिए ।

त्यस्तै अध्यक्ष सुबेदीले मोना गठन भए देखी हाल सम्मका कार्यक्रम तथा प्रगती लगाएत मोनाको आगामी योजना बारे जानकारी गराए भने महा अभियानको रुपमा चलीरहेको जिल्लालाई फ्री वाइफाई योजनामा मोना युएईले जारी राखेको सहयोग संकलन बारे उपाध्यक्ष रुद्र बहादुर रोकाले जानकारी गराएका थिए ।सुवाश राम्जालीको स्वागत मन्तब्य  तथा महासचिब बिक्रम अधीकारीको संचालन रहेको उक्त कार्यक्रममा साँझ ७ बजे सम्म दोहोरी तथा नाँचगान चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment