Comments Add Comment

मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य

sexवास्तवमा सेक्स पनि अपान वायु फ्याँक्नु जस्तै हो । दुनियामा सबै मानिसले पाद्छन् तर आफूले पादेको भनेर स्वीकार गर्न निकै गाह्रो मान्छन् ।

सेक्सको विषयमा आफुले गरेका केही अन्तरंग क्रियाकलापहरुको बारेमा पनि मानिसहरु अरुलाई बताउन चाहँदैनन् र आफुसँग मात्रै सिमित राख्दछन् । मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य यस्ता छन्ः

१. अरुसँगै सहवासको कल्पनाः  यसलाई फन्टासी पनि भनिन्छ । आफ्नो पार्टनर बाहेक आफूलाई मन परेको अरु व्यक्तिसँग सहवास गरेको कल्पना सबैले गर्छन् । यस्तो कल्पना हुनु सामान्य मानवीय स्वभाव हो र यस्तो कल्पना आउँदैमा आफ्नो पार्टनरबाट सन्तुष्ट नभएको वा पार्टनरप्रति विश्वास नभएको भन्ने हुँदैन । तर आफूले अरु कसैसँग सम्भोग गरेको कल्पना गरेको कुरा कसैले पनि आफ्नो पार्टनरलाई भन्दैन ।

२. चरम आनन्दको बहानाः  कतिपय महिलाहरुलाई सम्भोगमा चरमोत्कर्ष प्राप्त गर्न गाह्रो पर्छ । यसो भन्नुको मतलब उनीहरुले यौनमा आनन्द नै पाउँदैनन् भन्ने होइन तथा क्लाइमेक्समा पुग्न भने सधै पाउँदैनन् । कतिपय पुरुषहरु सोँच्छन् की महिलाहरु क्लाइमेक्समा नपुगेसम्म उनीहरुले सेक्समा आनन्द प्राप्त गर्न सक्दैनन् । त्यसैले आफ्नो पार्टनरलाई त्यस्तो अनुभुति हुन नदिन र आफु पूर्ण रुपमा सन्तुष्ट भएको देखाउनका लागि कतिपय महिलाहरुले चरम आनन्द प्राप्त नभैकन पनि चरमोत्कर्षमा पुगेको बहानाबाजी गर्दछन् । आफुलाई चरम आनन्द प्राप्त गर्न गाह्रो हुने कुरा उनीहरु लुकाउन चाहन्छन् ।

३.पार्टनरले सँगै पोर्न हेर्ने गरेकोः  धेरै महिला पुरुषले जोडी कँसेरै पोर्न फिल्म हेर्ने गर्छन् । तर आफुले पार्टनरसँगै पोर्न फिल्म हेर्ने र सोही मुताविक सहवासको प्रयास गर्ने गरेको कुरा भने उनीहरुले तेश्रो व्यक्तिलाई बताउन चाहँदैनन् ।

४.गुँदा मैथुनः  सहवासमा आएको नयाँपन तथा सेक्स सम्बन्धी बदलिँदो धारणासँगै मानिसहरु पार्टनरबीच सेक्सको मामिलामा खुल्दै गएका छन् र देखासिकी गरेरै भएपनि धेरैले गुँदा मैथुन अर्थात् एनल सेक्स गर्ने गर्छन् । तर यस बारेमा सेक्स सम्बन्धी सबै कुरा खोल्ने तेश्रो साथीलाई समेत भन्न लजाउँछन् ।

५.रजश्वलामा सहवासः  यद्यपि रजश्वला भएको बेला सबैले सेक्स गर्छन् भन्ने छैन । तर धेरै दम्पतिहरुले रजश्वला भएको बेला पनि नियमित रुपमै सहवास गर्ने गर्छन् । अझ रजश्वला भएको बेला महिलालाई छिटै चरम आनन्द प्राप्त हुने धारणा पनि छ । रजश्वला सहवासको दर बढ्दै गएको भएपनि आफुले रजश्वला भएको बेलामा समेत पार्टनरसँग सेक्स गर्ने गरेको कुरा भने मानिसहरु लुकाउनै चाहन्छन् ।

श्रोतः मेट्रो डट को डट युके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment