Comments Add Comment

गोप्य लोकेशनमा ‘रइस’को छायांकन गर्दै माहिरा खान

srk-and-mahira
भारतमा पाकिस्तानी कलाकारमाथि पूर्ण प्रतिवन्ध लागिसकेको छ । उडी आक्रामणपछि भारत र पाकिस्तानीविच सुरु भएको झगडाको प्रत्यक्ष असरमा पाकिस्तानी कलाकार परेका छन् । साथमा बलिउडका केही चलचित्र पनि यसको प्रत्यक्ष असरमा परेका छन्, जसमा पाकिस्तानी कलाकारले काम गरिरहेका थिए ।

आउँदो शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘ए दिल हे मुश्किल’को लफडा त जसोतसो मिलेको छ । मिडियाको खबर अनुसार पाकिस्तानी कलाकारले काम गरेको चलचित्र ‘डीयर जिन्दगी र रइस’लाई कुनै अवरोध नगर्ने एमएनएस पार्टीले बताएको छ ।

यही विचमा, नायक साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘रइस’को छायांकन गोप्य लोकेशनमा सुरु गरिएको छ । यो चलचित्रमा पाकिस्तानी कलाकार माहिरा खान साहरुखकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।

माहिराको बाँकी रहेको केही दृश्यको छायांकन अहिले अवुधावीको गोप्य लोकेशनमा भैरहेको भारतीय मिडियाले दाबी गरेका छन् । माहिरालाई हटाएर नयाँ नायिका राखेर छायांकन गर्दा निर्माण लागत धेरै नै बढ्ने भएकाले पनि निर्माता तथा नायक साहरुख खान, निर्माता रितेश सिद्धवानी, फरहान अख्तर, निर्देशक राहुल ढोलाकियाले छायांकन गर्ने निर्णय गरेका हुन् । यो जनवरीसम्म यो लफडा सकिने सोचमा छन् उनीहरु छन् ।

जसकाकारण, उनीहरुले माहिराको बाँकी रहेको दृश्यको छायांकन सुरु गरेका हुन् । अब, यो समाचारले चलचित्र रिलिजमा असर पर्छ या पर्दैन, त्यो केही दिनमै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment