Comments Add Comment

लोकमानविरुद्धको महाअभियोगले संसदमा प्रवेश पायो, पर्सी छलफल

Samsad७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।

संसदको आइतबारको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी दिँदै त्यसमाथि छलफलका लागि समय तोकेकी हुन् । छलफलका लागि पर्सी ९ गते दिउँसो ३ बजेको समय तोकिएको सभामुखले जानकारी दिइन् ।

यसअघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक स्थगित गरिएको थियो ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ, जुन हालै गठन भएको छ ।

यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।

सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment