Comments Add Comment

पपुवा न्युगिनीले नामिवियालाई हरायो, लिगको शीर्ष स्थानमा

विश्वकप छनौटको नेपालको बाटो कठिन

७ कात्तिक, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको दुवै खेलमा पपुवा न्युगिनीले नामिवियालाई पराजित गरेको छ । यससँगै पपुवा न्युगिनी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सिरिजको चौथो चरणका दुई खेल खेल्न पपुवा न्युगिनी पुगेको नामिवियाले दुवै खेलमा पराजय ब्यहोरेको हो । शुक्रबार ५ विकेटले हारेको नामिविया आइतबार ६ विकेटले पराजित भएको छ ।

भ्रमणकारी टोलीले दिएको २१३ रनको लक्ष्य घरेलु टोलीले ४ विकेट गुमाएर १२ बल बाँकी छँदै पूरा गर्‍यो ।

घरेलु टोली पपुवा न्युगिनीका लागि बानी मोरियाले सर्बाधिक ६७ र कप्तान असद भालाले ५५ रनको अर्धशतकीय पारी खेले । उसका लागि सेसे बाउले अविजित ४० रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाहुना टोली नामिवियाले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । उसका लागि निकोलास स्कल्जले सर्बाधिक ६१ रन जोडे ।

ओपनर स्टेफन बार्डले ५४ रन बनाएपछि अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहन सकेन । घरेलु टोलीका मोर्म्यान भानुवा र विली गाभेराले तीन तीन विकेट लिए ।

icc-world-cricket-league-championship-4th-round

दुवै खेलमा जित हासिल गरेसँगै पपुपा न्युगिनी लिगको शीर्ष स्थानमा उक्लिएको छ । चार चरणका आठ खेलका १२ अंक जोडेर पपुपा न्युगिनी शीर्ष स्थानमा पुगेको हो । उसले ८ खेलमा जित र २ खेलमा पराजयको नतिजा निकालेको छ ।

समान अंकसहित नेदरल्याण्ड्स लिगको दोस्रो स्थानमा छ । उसले अहिलेसम्म खेलेका ८ खेलमा ५ जित, १ हार र २ खेलमा अंक बाँडेको छ ।

स्कटल्याण्ड लिगको तेस्रो स्थानमा छ । समान आठ खेलबाट उसले ४ खेलमा जित र ३ खेलमा अंक बाँडेको थियो । उसको ११ अंक छ ।

६ खेल खेलेको हङकङ ९ अंकसहित लिगको चौथो स्थानमा छ । उसले चौथो चरणमा आगामी नोभेम्बरमा केन्यासँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेलसँगै लिगको चौथो चरणका सबै खेल सकिनेछन् ।

विश्वकप छनौटको नेपालको कठिन बाटो

चौथो चरण खेलिसकेको नेपाल लिग तालिकाको छैटौं स्थानमा छ । ३ जित र ५ हार ब्यहोरेको नेपालको ६ अंक छ । चौथो चरणका दुई खेल खेल्न बाँकी केन्याको पनि ६ अंक छ ।

लिगको शीर्ष चार टोलीले सन् २०१८ मा इंग्ल्याicc-world-cricket-league-championshipण्डमा हुने एक दिवशीय विश्वकपको छनौट खेल्न पाउनेछ ।

यस्तोमा नेपाल लिगको शीर्ष चारभित्र पर्र्न नेपाललाई सहज छैन । नेपालले लिगका बाँकी ६ खेल खेल्न बाँकी छ । जसमा हङकङ, केन्या र युएई छन् । युएईको प्रदर्शन लिगमा उत्कृष्ट नदेखिएपनि हङकङ र केन्या अहिले नेपालभन्दा अगाडि छन् ।

नेपालले लिगमा नामिवियालाई दुवै खेलमा हराएको थियो भने नेदरल्याण्ड्सलाई एक खेलमा पराजित गरेको थियो । साथै पपुवा न्युगिनी र स्कटल्याण्डसँग सबै खेलमा पराजित भएको नेपालले नेदरल्याण्ड्ससँग एक खेल हारेको थियो ।

एकदिवसीय विश्वकप यात्रामा रहिराख्नका लागि पनि नेपालले आसन्न सबै खेलहरुमा स्पष्ट जित हासिल गरेर मात्र पुग्दैन आफूभन्दा अगाडि रहेका टोलीहरुको नतिजामा पनि भर पर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment