Comments Add Comment

भाग्यमानी रेडपाण्डा जो एसीजडित कोठामा दिन बिताउँछ

red-panda-kalu-kali
काठमाडौं । नेपालको एकमात्र सदर चिडियाखानाभित्र एउटा प्रजातीको जनावरलाई छुट्टै वातानुकुलित घरको व्यवस्था गरिएको छ । यस्तो सुविधाको उपभोग गर्न पाउने भाग्यमानी जनावर हो, रेडपाण्डा ।

माथिको तस्वीरमा देखाइएजस्तै कालु र उसकी दिदी काली वातानुकुलित घरको एउटा कोठामा बस्छन् । अर्को कोठामा उनीहरुको छिमेकी गौरी बस्छे ।

नेपालको केन्द्रीय चिडियाखानामा २४ बर्षदेखि रेड पाण्डा थिएनन् । २४ बर्षपछि सन् २०१३ मा पहिलो पटक गौरीलाई ल्याइयो । उनका छिमेकीहरुलाई यही बर्षको सुरुवातमा रोल्पाको एक स्थानीय परिवारले चिडियाखानाका लागि उपहार दिएका हुन् ।

गौरीलाई पूर्वी नेपालको रामेछापबाट उद्धार गरिएको थियो । दुई बर्ष उमेरकी गौरी घाइते अवस्थामा रामेछापमा भेटिएकी थिइन् । चिडियाखानामै ल्याएर उनको उपचार गरिएको थियो । कालु र कालीलाई उत्तरी रोल्पाका मानबहादुर बुढामगर र उनकी श्रीमती लहरी बुढामगरको घरमा भेटाइएको थियो ।

नेपालको तल्लो हिमाली क्षेत्रमा शीतोष्ण र उप अल्पाइन जंगलमा भेटिने रेड पाण्डा नेपालमा दुर्लभ जनावरको रुपमा संरक्षित छ । प्राकृतिक रुपमा अनुलुक तापक्रममा रेडपाण्डा नेपाल लगायत भारत, भुटान, म्यानमार र चीनमा पाइन्छ । यो जीव घना बुट्यानमा र रुखमा बस्छ । धेरै रौंहरु भएको पुच्छरको सहायताले यसले शरीरलाई ढाकेर राख्छ ।

यो स्तनधारी जनावर बिरालोको तुलनामा केहि ठूलो हुन्छ । वाँस, पात र साना किराहरु यसका आहार हुन् । नेपालीमा रेडपाण्डालाई हाव्रे भनिन्छ । यो खतरनाक मांसभक्षी स्तनधारी जनावरको प्रजातिमा पर्छ । यसले सामान्यतः समुद्री सहतबाट १५०० मिटरदेखि ४००० मिटरसम्मको उचाईमा आफुलाई अनुकुल ठान्छ ।

चिडियाखानामा पुगेपछि हामी प्रत्यक्ष देख्न सक्छौं कि यो जनावरलाई ‘सबैभन्दा प्यारो’को दर्जा दिइएको छ । यद्यपी यस्ता जनावरलाई चिडियाखानाको बन्द कोठाभित्र सीमित गराउनु निक्कै असहज कार्य हो । उनीहरुले चिडियाखानाको बन्द चौघेरोभित्र आफ्नो अस्तित्वको विकास राम्ररी गर्न संभव हुँदैन । यसका बाबजुद कम्तिमा गौरी र उनका छिमेकीलाई पनि अहिलेसम्म बचाउन सकिएको छ ।

red-panda-gauri

‘रेड पाण्डा २० देखि २५ डिग्री सेल्सियस तापक्रममा आफुलाई सहज महशुस गर्छ,’ चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले भने, ‘यो एक मात्र प्रजाती हो कि जसलाई चिडियाखानामा पूर्ण वातानुकुलित कक्ष तयार गरिएको छ ।’

यो जनावरलाई चिडियानाखामा बाहिर जाने सुविधा पनि छ । उनीहरु बाहिर चर्न जान्छन् र गर्मी महशुस भएमा वातानुकुलित कोठामा छिर्छन् ।
नेपालको कञ्चनजङ्घा संरक्षण क्षेत्र, मकालु बरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, मनास्लु संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्ज लगायतका स्थान रेडपाण्डाको उपयुक्त बासस्थान हो ।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय जियोलोजी बिभागका डाक्टर मुकेश चालिसेका अनुसार पूर्वी नेपालको जमुना र माबु गाविसका बासिन्दाले संरक्षण गरेको जंगलमा पनि रेडपाण्डा भेटिएको छ । नेपाल प्रकृति संरक्षण कोषका अनुसार नेपालमा ३०० भन्दा बढी रेडपाण्डा छन् । जसमध्ये आधाभन्दा बढी लाङटाङ राष्ट्रिय निकुञ्जमा छन् ।

बन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत सरकारद्वारा संरक्षित यो जनावर, जंगलको बिनाश र डँढेलोका कारण लोप हुने खतरामा छ । यद्यपी गौरी र उनका छिमेकीहरु भने चिडियाखानाको आफ्नो नयाँ घरमा शान्त देखिन्छन् । जहाँ उनीहरु चिडियाखानाका दर्शकहरुका लागि मूख्य आकर्षण बनिरहेका छन् ।

अनलाइनखवर अंग्रेजीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment