Comments Add Comment

लोकमानलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन (भिडियोसहित)

७ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

प्रमुख दलसम्वद्ध विद्यार्थी संगठनहरुले माइतीघर मण्डलाबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले लोकमानको सम्पत्ति सार्वजनिक गर, विधिको शासन कायम गर, लोकमानलाई कारबाही गर लगायतका नारा लगाएका छन् ।

students-against-lokman-2

विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शनसँगै प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर महाअभियोग प्रस्ताव पारितका लागि दबाव दिँदै आएका छन् । दबाव अभियानमा कांग्रेस, एमाले, माओवादी लगायत दल निकट १३ विद्यार्थी संघ-संगठनहरु सकृय छन् ।

students-against-lokman-1

students-against-lokman

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment