Comments Add Comment

लोकमानविरुद्ध वैद्य माओवादी पनि

Mohan Baidhya 1

७ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावका पक्षमा उभिएको छ ।

माओवादीका प्रवक्ता हरिभक्त कँडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ रहेको कुरा यसै वक्तव्यमार्फत सार्वजनिक गर्दछ ।’

कार्कीको नियुक्तिकै समयमा जनताको ठूलो हिस्साले गरेको विरोधमाथि तात्कालिक सरकार तथा प्रमुख राजनीतिक दलहरुले उपेक्षा गरेको विषयलाई पनि वैद्य माओवादीले विज्ञप्तिमार्फत् स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment