Comments Add Comment

इराकको रुतबामा स्लामिक स्टेटको आक्रमण, मोसुलबाट ध्यान मोड्ने प्रयास

मेयरद्वारा थप सुरक्षा बल माग

iraq-attack७ कात्तिक, काठमाडौं । स्लामिक स्टेटका लडाकुहरुले इराकको पश्चिमी प्रान्त अनबारको रुतबा भन्ने स्थानमा आक्रमण गरेका छन् ।

इराक सरकारले मोसुल शहर इस्लामिक स्टेटको कब्जाबाट मुक्त गराउने अभियान चलाइरहेका बेला लडाकुहरुले अर्को स्थानमा आक्रमण गरेका हुन् ।

यस आक्रमणलाई मोसुलको लडाईंबाट ध्यान मोड्ने कोशिशको रुपमा लिइएको छ ।

रुतबा शहरका मेयरले भनेका छन्, ‘जेहादीहरुले आक्रमण गरेका छन् र सुरक्षाकर्मीहरुसँग उनीहरुको भीषण लडाईं भएको छ ।’
उनले आक्रमणकारीसँग लड्न थप सुरक्षा बल माग गरेको पनि बताएका छन् ।

इराकी सेना र कुर्द लडाकुहरु मिलेर इराकको उत्तरी शहर मोसुलमा पुनः नियन्त्रणको प्रयास गरिरहेका बेला रुतबामा आक्रमण भएको हो । मोसुल शहरलाई इस्लामिक स्टेटले सन् २०१४ मा कब्जा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment