Comments Add Comment

कस्तो होला इन्दिरा गान्धी हत्यामाथि बनेको फिल्म ?

चलचित्र ३१ अक्टुबर
निर्देशकः शिवाजी लोटन पाटिल
कलाकारः सोहा अलि खान, वीर दास

मुम्बई । ‘३१ अक्टुबर’ १९८४ मा भारतका तत्कालिन नेतृ इन्दिरा गान्धीको हत्यापछि दिल्ली एवं आसपासको क्षेत्रमा भएको दंगाको पृष्ठभुमिमाथी बनेको फिल्म हो, जुन फिल्मको विषयमा लामो समयदेखि भारत सरकारले आपत्ति जनाउँदै आएको थियो ।

नायिका सोहा अलि खानले एकदिन कुराकानीको क्रममा भनेकि थिईन् ‘८४ को दंगाको याद मलाई पनि छ । मान्छेहरु किन दंगा भन्छन् मलाई थाह छैन । दंगामा त दुई समुदायको भिडन्त हुन्छ । तर, ८४ मा दुईपक्षीय भिडन्त भएको थिएन । शिख समुदायमाथी एकोहोरो आक्रमण भएको थियो ।’

फिल्मलाई प्रशासनले आपत्ति जनाएको विरोधमा सोहा दिल्लीमा आयोजित एक क्याण्डल मार्चमा पनि सहभागी भएकि थिइन् ।

31stoctober-moviestill

यो फिल्मको विषयमा प्रशासनले यति धेरै चासो राख्नुको कारण यो राजनीनितक मुद्धा हो भने विषय संवेदनशील पनि छ । केहि धार्मिक संगठन, राजनीतिक दललगायतले मुद्दा बनाए ।

तर, पनि एक विवादित एवं संवेदनशील मुद्धामा फिल्म बन्यो । फिल्म निकै कमजोर लाग्छ । धेरै ठाउँमा निर्देशक चुकेका छन् ।

इन्दिरा गान्धीको हत्यापछि सिख समुदायमाथी भएको आक्रमण फिल्मको मुल कथा हो । एउटा परिवारभित्र २४ घण्टाभित्र भएको दंगाको माहौललाई देखाउने प्रयाश गरिएको छ । यदि निर्देशकले मेहनत गरेका थिए भने वास्तवमै गज्जब फिल्म बन्न सक्थ्यो ।

पहिलो कमजोरी जो कलाकार पर्दामा सिख बनेका छन् उनीहरु सिख होइनन्, उनको लवज पञ्जाबी जस्तो लाग्दैन ।

दोस्रो कमजोरी मुख्य भुमिकामा सिख पात्रको भुमिका अभाव महसुस् हुन्छ । मेकअप आर्टिष्टले वीर दास र सोहा अली खानलाई सिख बनाउने प्रयाश नगरेका हैनन्, तर उनीहरुको संवाद सुन्दा सिखको लवज भेटिदैन । कमजोर अभिनय र निर्देशन नै फिल्मको सबै भन्दा ठूलो समस्या हो ।

अर्कोतिर सेन्सरबोर्डले दंगाको क्रममा भएको बलात्कार एवं मारकाटका दृष्यलाई हटाइदिएको छ । त्यसकारण पनि फिल्म प्रभावकारी लाग्दैन । केहि विवादित संवादलाई सेन्सरबोर्डले म्युट गरिदिएको छ ।

मान्छेहरुको बद्लिँदो मानसिकता र परिस्थितीले क्रुर बनाएको घटनालाई निर्देशकले प्रस्तुत गर्न खोजेका छन् । तर, कलाकारको खराब अभिनयको कारण फिल्म रोचक लाग्दैन ।

निर्देशकले विवादित मुद्धामा फिल्म बनाउने जुन हिम्मत गरे त्यो प्रयाश सामान्य होईन । ऐतिहासिक तथ्य र फुटेज खोज्नलाई जुन खालको रिसर्च भयो, त्यो आफैंमा प्रसंसायोग्य काम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment