Comments Add Comment

मुलायम सिंहको पार्टीमा कलह चर्कियो, वरिष्ठ नेतासहित चार मन्त्री बर्खास्त

samajbadi-party-debate

७ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव आउनु अघि समाजवादी पार्टीको परिवारभित्र कलह बढ्दै गएको छ । मुलायमसिंह यादव नेतृत्वको समाजवादी पार्टीका वरिष्ठ नेता रामगोपाल यादवलाई पार्टीबाट निष्कासित गरिएको छ ।

प्रदेश अध्यक्ष शिवपाल यादवले लखनउमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘रामगोपाललाई ६ वर्षका लागि पार्टीबाट निस्कासित गरिएको छ ।’

प्रोफेसरसमेत रहेका रामगोपाल शिवपालको भाइ हुन् । रामगोपालमाथि भारतीय जनता पार्टीसँग मिलेर पार्टीको हित विपरित गतिविधि गरेको आरोप लगाइएको छ ।

शिवपाल यादवले रामगोपाललाई बर्खास्त गर्ने निर्णय राष्ट्रिय अध्यक्ष मुलायमसिंह यादवले गरेको जानकारी दिए । मुलायमसिंह र रामगोपालबीच काका-भतिजाको नाता सम्बन्ध छ ।

पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोपमा मुख्यमन्त्री अखिलेश यादवले यसअघि शिवपाल यादवसँगै अम्बिका चौधरी, नारद राय, शादाब फातिमा, ओमप्रकाश सिंह र गायत्री प्रजापतिलाई मन्त्रीमण्डलबाट समेत बर्खास्त गरेका थिए । त्यसलगत्तै शिवपालले पार्टीका राष्ट्रिय अध्यक्ष मुलायमसिंहलाई भेटेर पार्टी नछाड्ने बताएका थिए । त्यसपछि शिवपाल यादव पार्टीमै रहे पनि उनका भाइ रामगोपाललाई कारबाही भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

शिवपालले आफ्नो भाइलाई पार्टीबाट बर्खास्त गर्नुका कारणबारे भने, ‘भ्रष्टाचारमा फसेका छोरा र बुहारीलाई बचाउन तथा सिबिआईबाट बँच्न रामगोपाल भारतीय जनता पार्टीसँग मिलेका छन् ।’

रामगोपालको छोरा अक्षय यादव र बुहारी यादव सिंह भ्रष्टाचारमा फसेको बताइन्छ । उनीहरुलाई बचाइदिन भनेर रामगोपालले तीन पटकसम्म भारतीय जनता पार्टीका शीर्ष नेताहरुलाई भेटिसकेको आरोप लागेको छ ।

रामगोपालले आफ्नो बखास्तगीप्रति कुनै गुनासो नभएको बताएका छन् र चुनावमा सामना गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment