Comments Add Comment

नायिका हुनलाई हिप र शरीरमा मासु हुनुपर्छः जल शाह(भिडियो कुराकानी)

अनमोल केसी क्यूट, भूवन केसी ह्यान्डस

jal-sha-cute-6

दशैंको बिदा मनाउन नेपाल आएकी नायिका जल शाहले अनलाइनखबरसँग ‘मस्तीको कुराकानी’ गरेकी छिन् । अमेरिका गएको १० बर्षमा उनी केही पटक नेपाल त आइन् । तर, यसपटकको नेपाल बसाई उनका लागि विशेष र रमाइलो बन्दैछ ।

नेपालको विकास सुस्त भएको देख्दा दिक्क मान्ने गरेकी जलले अमेरिकाको जस्तै विकास भैदिए हुन्थ्यो भन्ने चाहना राखिन् । नेपाली चलचित्रको विकास र विस्तार देखेर उनी खुशी छिन् । नेपाली चलचित्र डिजिटल प्रविधीमा पुगेको र यसले मेकिङमा सजिलो भएको वुझाई उनको छ । तर, अझै पनि चलचित्रको भाषा र संवाद शैलीमा कमजोरी रहेको उनले औल्याइन् ।

उनको वुझाइमा पहिलेका चलचित्र अझ राम्रो हुन्थ्य । चलचित्र हेर्दा आफूले कलाकारको अभिनयलाई विशेष ध्यान दिने जलले बताइन् । कलाकारको छनोट हुँदा फिल्टर हुनुपर्ने र निर्देशकले पनि सजिलो तरिकाले चलचित्र निर्देशन हुन्छ भन्ने ठान्न नहुने उनले सुझाव दिइन् ।

अभिनयका हिसाबले आफूलाई केकी अधिकारी मनपर्ने र नायकमा आर्यन सिग्देल मनपर्ने जलले खुलाइन् । जलले आर्यनको ‘कसले चोर्‍यो मेरो मन’ र केकीको ‘वितेका पल’ हेरेको बताइन् ।

हिरोइन बन्नका लागि आफ्नो समयमा पनि सजिलो नभएको जलले खुलाइन् । उक्त समयमा मानिसमा काम गर्छु भन्ने दृढता भएको, अनुशासन भएको जलले स्पष्ट पारिन् ।

आफू पुरानी नायिका नभएको उनको दाबी छ । मोटाउनु र दुब्लाउनुलाई उनले सामान्य कुरा भनेकी छिन् । जल अहिले निकै मोटाएकी छिन् । तर, जल शाहले गरेको कामको मुल्यांकन गरिदिन उनले दर्शक र मिडियालाई आग्रह गरिन् ।

जलले अब आफूले महिला केन्दि्रत चलचित्रमा काम गर्ने बताइन् । पहिले पनि आफूले नारी केन्द्रित चलचित्रमा नै काम गरेको उनले दाबी छ । आफ्ना फ्यानहरुले अझै पनि धेरै माया देखाएकोमा जल कहिलेकाही भावूक बन्ने गरेकी छिन् । दर्शकले आफ्नो अभिनयको प्रतिक्षा गरेको उनको वुझाई छ ।

जलले नायकहरु शिव श्रेष्ठ, राजेश हमाल, भूवन केसी, रमेश उप्रेती, श्रीकृष्ण श्रेष्ठसँग जस्ता नायकसँग काम गर्दाको क्षण खुबै रमाइलो भएको बताइन् ।

नायकहरुले तपाइलाई बोक्न गाह्रो हुन्थ्यो रे हो भन्ने प्रश्नमा जलले भनिन्-‘म फ्यासन शोमा छैन । नायिका हुनका लागि तपाइसँग हिप हुन जरुरी छ, शरीरमा थोरै मासु हुन जरुरी छ । तौल ठूलो कुरा होइन ।’

आफूले अटोग्राफ मिस गर्ने, दर्शक मिस गर्ने, गसिपलाई मिस गर्ने जल शाहको भनाई छ । जललाई सधै नै ह्यान्डस नायकको रुपमा भूवन केसी लाग्छ । भूवनका छोरा अनमोल केसी उनको नजरमा क्यूट हुन् । तर, भूवन नै ह्यान्डस रहेको जलले बताइन् । जल शाहसँग गरिएको मस्तीको कुराकानीको भिडियो यसप्रकार छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment