Comments Add Comment

बजार अनुगमन प्रभावकारी भएनः संसदीय समिति

jhapa_anugaman
७ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले सरकारले जारी राखेको बजार अनुगमनलाई अझ प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले यसअघि दिएका निर्देशनको सरकारले पालना गरेपनि अझ प्रभावकारी नभएको भन्दै थप सक्रियताका साथ बजार अनुगमन लगायतका काम अघि बढाउन निर्देशन दिएको हो । समितिका सभापति भिष्मराज आङदेम्बेले समितिले उपभोक्ताको हित र अधिकार संरक्षणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

उनले आम नागरिकको दैनिकीसँग जोडिएको विषय भएकाले सरकारी निकायले प्रभावकारी रुपमा बजार अनुगमन गरि कालोबजारी र अनियमितता हुन नदिन निर्देशन समेत दिए ।

बैठकमा समितिका सदस्यहरुले अघिल्लो सरकारका पालामा चीनसँग पेट्रोलियम पदार्थ ल्याउन भएको समझदारीअनुुसार काम अघि बढाउनेबारे समितिमा छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

समितिका सदस्य नारायण खड्काले चीन सरकारसँग तत्कालीन प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका समझदारीलाई कार्यान्वयन गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताए ।

यस्तै समिति सदस्य छायाँ शर्मा पन्तले आपूर्ति मन्त्रालयले केही दिनअघि चीन सरकारसँग गरेको समझदारीपत्रलाई समितिमा छलफल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment