Comments Add Comment

राजेशकाजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूत

७ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष डा. राजेश काजी श्रेष्ठ नेपालका लागि भियतनामको अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन् ।

Rajesh-Kaji-shresthaनेपालका लागि भियतनामका राजदूत टन सिन्ह थान्होले आइतबार वाणिज्यदूतको कार्यालय समुद्घाटन गरे । नारायणहिटी संगहालयको उत्तरी गेट नजिकै लाजिम्पाटस्थित शाह मन्जिलमा वाणिज्यदूतको कार्यालय रहेको छ ।

वाणिज्यदूतको कार्यालय स्थापनाले नेपाल र भियतनाम विचको व्यापार, लगानी तथा पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुग्न जाने विश्वास गरिएको छ ।

कार्यक्रमका अवसरमा राजदूत थान्कोले नेपालमा भियतनामको वाणिज्यदूत स्थापनाले नेपाल भियतनाम विचको आर्थिक, व्यापारिक तथा सांस्कृतिका सम्वन्ध अभिवृद्धिमा मद्दत पुग्न जाने विश्वास व्यक्त गरे । उनले नेपाल र भियतनाम विच सांस्कृतिक एकता रहेको बताउंदै भियतनामका बुद्ध धर्मावलम्वीहरुलाई नेपालमा पर्यटकको रुपमा भित्र्याएर नेपालले आर्थिक फाईदा लिन सक्ने बताए ।

नवनियुक्त अवैतनिक वाणिज्यदूत श्रेष्ठले भियतनाम सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकासमा आफूले पूलको भूमिका निर्वाह गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment