Comments Add Comment

९२ वर्षका वृद्धका ९७ पत्नी, १८५ बच्चा, फेरि गर्दैछन् विवाह

पत्नीको मामिलामा नाइजेरियाका यी वृद्धले दुनियाका बहुपत्नीधारी राजा महाराजाहरुलाई पनि पछि पारेका छन् । यी व्यक्तिको उमेर भन्दा उनका श्रीमतीको संख्या धेरै छ ।

मोहम्मद बेलो अबुबकरले अहिलेसम्म १ सय ७ जना महिलासँग बिहे गरे । ती मध्ये १० जनासँग डिभोर्स भयो र अहिले उनीसँग उनका ९७ जना श्रीमती छन् । जबकी ती वृद्धिको अहिलेको उमेर ९२ वर्ष छ ।

aabubhakarउनी फेरि एकपटक बिहे गर्न तयार छन् । अबुबकरलाई लाग्दछ की उनी जे गरिरहेका छन् सबै अलाहकै इच्छा हो ।
अल्लाहको इच्छा अनुसार गर्नु आफ्नो जिम्मेवारी रहेको र आफुले अन्तिम सम्म त्यसो गरिरहने उनको भनाई छ । आफुसँग अहिले ९७ जना श्रीमती रहेको र अझै थप २ जनासँग बिहे गर्न आफु सक्षम रहेको उनी बताउँछन् ।

आफुले अल्लाहको इच्छा अनुसार १०७ पत्नी भित्राए पनि अरुलाई आफ्नो सिको नगर्न उनी सल्लाह दिन्छन् । सामान्य मानिसले १० भन्दा धेरै पत्नी झेल्न सक्दैन । तर अल्लाहले दिएको शक्तिका कारण आफुले यतिधेरै श्रीमतीलाई नियन्त्रण गर्न सकेको उनी बताउँछन् ।

यति ठूलो परिवार पाल्नका लागि उनको कुनै घोषित आयआर्जन छैन । न त उनी कुनै काम गर्छन्, न त उनका पत्नीहरु । उनले आफ्ना बच्चाबच्चीहरुालई भिख माग्न पठाउँछन् र भिख मागेरै परिवार पालिएको छ । उनका साना ठूला गरी जम्माजम्मी ८५ जना बच्चाबच्ची छन् । सबै चिज आफुलाई इश्वरले दिएको उनी बताउँछन् ।

सन् २००८ मा मुस्लिम धर्मगुरुले उनीमाथि धार्मिक कानून तोडेको आरोप लगाए । उनले ४ भन्दा धेरै पत्नी राख्न नमिल्ने धर्मगुरुको भनाई थियो । तर अबुबकरको भने भिन्ने तर्क छ । कुरानमा धेरै पत्नी राख्नेलाई सजाय गर्ने कुनै कानून नभएको उनी बताउँछन् ।

आफुले चाहे जति बिहे गर्न सबै स्वतन्त्र रहेको उनको तर्क छ । हुनत स्थानीय सरिया कोर्टको आदेशपछि उनलाई पक्राउ गरी केवल ४ जनामात्र पत्नी राख्ने शर्तमा छाडिएको थियो । तर छुटेर घर आएपछि उनले शर्तको पालना गरेनन् र बिहे गर्ने क्रम जारी राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment