Comments Add Comment

यी मन्त्रीलाई ४४ हजारले राखे बिहेको प्रस्ताव

आखिर मन्त्री हुनु त यस्तो पो । जनतालाई आफ्ना समस्या राख्नका लागि दिएको नम्बरमा जनताका समस्या होइन बिहेका प्रस्तावहरु ह्वार ह्वार्ती आउँछन् ।

tejashwi_yadavभारतको बिहार राज्यका उप मुख्यमन्त्री तथा पथ निर्माण मन्त्री तेजस्वी यादवका लागि ४४ हजार बिहे प्रस्ताव आएका हुन् ।

मन्त्रालयले केही समयअघि जनतालाई आफ्नो क्षेत्रको सडक सम्बन्धी समस्या भएमा जानकारी गारउनका लागि एउटा ह्वाट्सएप नम्बर जारी गरेको थियो ।

उक्त नम्बरमा कूल ४७ हजार सन्देश प्राप्त भए । अनौठो कुरा त यो थियो की ती सन्देशहरु मध्ये केवल ३ हजार मात्र सडकको समस्या तथा मर्मत सँग सम्बन्धित थिए । अरु ४४ हजार मेसेजहरु मन्त्रीलाई हाइहेल्लो गरेका तथा बिहेको लागि प्रस्ताव गरिएका प्रेमपूर्ण सन्देश थिए ।

गत जून २९ मा ह्वाट्सएप नम्बर जारी गरिएको थियो । ह्वाट्सएपमा सडकको तस्वीर र ठेगाना सहित सन्देश पठाएमा तत्कालै सडक मर्मत गरी र समस्या समाधान गरिने मन्त्री यादवले प्रतिबद्धता गरेका थिए । तर जनताले मन्त्रीसँग सडकको समस्या भन्दा पनि हजारौँ केटीहरुबाट बिहेको प्रस्तावको बाढी आयो ।

रोचक कुरा त मन्त्रीज्यूलाई बिहेको प्रस्ताव गर्नेमध्ये धेरै युवतीहरुले आफ्नो बायोडाटा तथा तस्वीर समेत पठाएका थिए । त्यस्तै आफ्नो जिउडाल तथा फिगरको बारेमा पनि वर्णन गरेका थिए । कतिपयले आफु राजनीतिमा सक्रिय हुन चाहेको बताएका थिए र आफुसँग बिहे गरेमा मन्त्रीलाई फाइदा पुग्ने समेत बताएका थिए ।

यस विषयले मन्त्री यादवको चर्चा झनै बढ्यो । मिडियासँगको कुराकानीमा मन्त्री यादवले मिडियाहरु पछि लागिरहने मानिसको बिहे हुन गाह्रो हुने बताए । मिडियाकै कारण राहुल गान्धी देखि धेरै बलिउड अभिनेताहरु अहिलेसम्म कुमार नै रहनुपरेको ठट्यौली उनले गरे । तर आफुलाई कुमारै भएर मर्न मन नरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment