Comments Add Comment

डिजिटल ट्याटु जसले रोक्नेछ सिमाभन्दा धेरै रक्सी पिउन

disital-tatuमापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढि हुन्छ । मदिरा सेवनले टाढाको वस्तु हेर्ने तथा छिटो प्रतिक्रिया जनाउने चालकको क्षमता घटाउँछ जसले गर्दा सवारीसाधन अनियन्त्रित हुन सक्छ ।

नेपालमा मदिरा सेवन गरेर सवारीसाधन हाक्न पूर्ण प्रतिवन्ध छ । अन्य देशहरुमा भने तोकिएको न्यूनतम परिमाणभन्दा बढि मदिरा सेवन गरे मात्र कारवाही हुन्छ ।

तर, सवारीचालक आफैंले आफूमा अल्कोहलको मात्रा कति छ भनेर थाहा पाउन सक्दैनन् ।

यसको समाधानका लागि यूएस नेसनल इन्स्टीच्युट फर बायोमेडिकल इमेजिङ एन्ड बायोइन्जिनीयरीङका वैज्ञानिकहरुले एउटा सानो प्रविधि विकास गरेका छन् जसले तपाईंको पसिनाबाट अल्कोहलको मात्रा पत्ता लगाउँछ र सिमाभन्दा बाहिर भएमा खबरदारी गर्छ ।

‘यो अस्थाई ट्याटुजस्तै देखिन्छ तर खासमा यो एउटा बायोसेन्सरको टुक्रा हो जसमा धेरै लचकदार ताररहित तत्वहरु जडिएका हुन्छन्,’ सो परियोजनामा काम गरेकी सेइला सेलिमोभिकले भनिन् ।

उनले अगाडि वर्णन गरिन्, ‘एउटा तत्वले रसायनहरु निस्कासन गर्छ जसले छालाबाट पसिना निकाल्ने काम गर्छ । अर्को तत्वले निस्काशित पसिनामार्फत प्रवाह भएको विद्युतीय तरंगमा परिवर्तनको महसुस गर्छ र त्यसबाट अल्कोहलको तह मापन गरेर प्रयोगकर्ताको सेलफोनमा सुचना पठाइदिन्छ ।’

यो प्रविधि यसअघि गरिएका प्रयासहरुको तुलना उल्लेख्य रुपमा प्रभावकारी छ ।

‘पसिनामा अल्कोहलको मात्रा मापन गर्ने प्रयास पहिले पनि भएको हो । तर ती प्रविधिहरुले २-३ घन्टापछि मात्रै अल्कोहलको मात्रा बताउन सक्थे । हाम्रो प्रविधिले केवल आठ मिनेटभित्र तपाईंको स्मार्टफोनमा सन्देश पठाउन सक्छ,’ ।

नयाँ प्रविधिको वर्णन गरिएको आलेखका वरिष्ठ लेखक प्याटि्रक मर्सियरले भने । सो आलेख एसिएस सेन्सर्स नामक जर्नलमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment