Comments Add Comment

नीता ढुंगानाको ‘आजको डायरी’: ‘गाउँमा हिड्दा हिड्दा खुबै थाकियो’

nita
बिहान ५ः३० बजे नै उठेँ । यतिबेला, म चलचित्र ‘पञ्चायत’को छायांकनका लागि बाग्लुङमा छु । बिहान उठेर फ्रेस भएर तातोपानी पिएपछि सुटिङ सेटमा पुगेँ । हामी, बाग्लुङको भित्री गाउँमा चलचित्रको छायांकन गरिरहेको थियौ । यसैले, पनि स्थानियहरुको घरमा नै बसेका थियौ ।

छायांकनमा पुगेर मेकअप गरेपछि व्रेकफास्ट खाएँ । बिहानको पहिलो टेकमा मेरो निक्कै रिसाहा दृश्य थियो । रमाइलो कुरा, आजको पहिलो दृश्य पहिलो टेकमै ओके भयो । गाउँलेहरुको विचमा बसेर मैले कसैलाई गाली गर्नुपर्ने दृश्य थियो । बिहानको खाना खाँदा ११ बजेको थियो ।

खाना खाएपछि हामी करिब २ घन्टा भन्दा बढी हिडेर बाग्लुङकै एक खोलामा पुग्यौ । करिब २ घन्टा हिड्दा खुबै थकाई लाग्यो । तर, पनि काम राम्रो भएको संझेर आनन्द भने आउँछ ।

२ घन्टा हिड्दा फोटो खिच्दै, खाँदै रमाइलो गर्दै खोलामा पुगियो । खोलामा भने मेरो आजको दृश्य रोनाधोनाको थियो । दिनभर गाउँमा हिड्दै सुटिङ गर्दै वित्यो । बेलुकी ६ः३० बजे आजका लागि प्याकअप भएपछि आज हामी कुष्माको एउटा होटलमा आइपुगेका छौ । ५० बर्ष अगाडिको कथा भएकाले पनि लोकेशन, पहिरन सबै पुरानो खालको छ । जसले गर्दा शरीर निकै थाकेको छ । अब, खाना खाएर केही समयपछि सुत्छु ।

आजको दिन निकै राम्रोसँग वित्यो । म आजको दिनलाई ५ मा ४ दिन चाहन्छु । १ किन कम भने, थाकिएको छ, धेरै हिडिएको छ यसैले ।
सुटिङका क्रममा नयाँ नयाँ ठाउँ देख्न पाइएको छ, एसियाकै लामो पूल हेर्न पाइयो । यो भने मेरा लागि विशेष बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment