Comments Add Comment

संवेदनशील अंगमा बोल्ट कटर लगाउनु पर्ने यो कस्तो आपत्त !

boltcutters

यौनसाथीको उत्तम विकल्पको रुपमा सेक्स टोयहरु बजारमा छ्याप छ्याप्ती पाइन्छन् । त्यस्ता खेलौना यौन सामाग्रीको प्रयोगका थोरै सावधानी अपनाउन नसक्दा धेरै मानिसहरु अस्पताल पुग्न बाध्य छन् । यस्तै भएको थाइल्याण्डका एक पुरुषलाई ।

सेक्स टोयको प्रयोगको असावधानीका कारण थाइल्याण्डका एक पुरुषको लिंगमा अड्किएको रिङ निकाल्न बोल्टकटरकै प्रयोग गर्नु परेको छ ।

उनले सेक्सटोयको प्रयोग घरमै बसेर गरिरहेका थिए । प्रयोग गर्दा पीडा भएपछि उनले थाहा पाए कि उनको लिंगमा त रिङ अड्किरहेको रहेछ । उनले निकाल्ने प्रयास गरे तर, सकेनन् ।

उनले आकस्मित सेवामा सम्पर्क गरे र एम्बुलेन्समार्फत अस्पताल पुगे ।

boltcutters-1 तस्वीरमा देखिएजस्तै अस्पतालमा २ फिट लामो बोल्टकटर र एक हेक्साको सहायताबाट लिंगमा घुसेको रिङ निकालियो । उनको अपरेसन चल्दै गर्दा उपचारका संग्लग्न चिकित्सकहरुले पनि आफ्नो हाँसो रोक्न संघर्ष गर्नुपरेको थियो । तीस बर्षीय पुरुषको परिचय गोप्य राखिएको छ ।

स्वयम्सेवी उद्धारकर्ता जाकचाई बानयेनसाकुलका अनुसार ती पुरुषले घरमै सेक्स गेमका क्रममा आफ्नो लिंगमा त्यो धातुको औंठी घुसाएका थिए । उनले थपे, ‘म यकिन हुन सकिरहेको छैन कि उनले यो रिङ कुनै पसलबाट किने कि कुनै ग्यारेजमा भेट्टाए ।’

‘तर यो रिङ उनले आफ्ना लिंगअनुसार नापेका थिएनन् । रिङ लिंगमा घुसाइसकेपछि जव उनको लिंग उत्तेजित भयो र रिङ भित्रै नराम्रोसँग अड्कियो ।’ उनले भने, ‘उनी निक्कै चिन्तित थिए । उनले अस्पतालको आकस्मिक सेवामा खवर गरेका थिए र स्वयम्सेवी उद्धारकर्ताले उनलाई अस्पतालसम्म लान सघाएका थिए । उनी निक्कै पीडामा रहेको देखिन्थे ।’

उद्धारकर्ता बानयेनसाकुलका अनुसार अस्पतालमा डाक्टरले लिंगबाट रिङ छुटाउनका लागि सुरुमा तेलको प्रयोग गरेका थिए । तर भएन ।
डाक्टरहरुले रिङ छुट्याउनका लागि सावुनपानीको झोल पनि प्रयोग गरे । यो उपाय अपनाउँदा पीडितले निक्कै पीडा महशुस गरे तर, रिङ बाहिर निस्केन ।

यतिसम्मकि डाक्टरले हेक्साको प्रयोग गरेपनि एक छेउ पनि लगाउन सकेन । त्यसपछि अन्तिम उपायको रुपमा बोल्ट कटर प्रयोग गरियो । लिंगसँगै रिङको तल्लोपटि धातु राखेर बोल्ट कटरले रिङ काटियो र लिंगबाट छुट्याइयो ।

त्यो धातुको रिङ यति बलियो थियो कि लिंगबाट त्यसलाई छुटाउन डाक्टरहरुलाई तीन घण्टा लागेको थियो । लिंगलाई उत्तेजित बनाइराख्नका लागि पुरुषहरुले सेक्स रिङको प्रयोग गर्छन् ।

भाग्यबस कुनै चोट लागेको छैन र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment